सप्तरीमा संक्रमितको संख्या ४२६ पुग्यो

सप्तरीमा संक्रमितको संख्या ४२६ पुग्यो

राजविराज : सप्तरीमा समुदायमा कोराना फैलिएपछि पीसीआर परीक्षण गराउनेको सङ्ख्या बढेसँगै कोरोना संक्रमितको सङ्ख्या दैनिक बढन थालेको छ। दैनिक १०-१२ जनाको दरले संक्रमितको सङ्ख्या बढेको जानकारी दिंदै स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले शनिबार बिहान आएको रिपोर्ट अनुसार सात जना नयाँ कोरोना संक्रमित फेला परेको बताए। 

राजविराज अस्पतालको प्रयोगशालाले नभ्याउने अवस्था भएपछि परीक्षणका लागि स्वाबहरु विराटनगरसमेत पठाइएको जानकारी दिंदै यादवले साँझसम्ममा सङ्ख्या पुनः थप हुन सक्ने बताए। यादवका अनुसार शनिबार सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर २ का २८, ८ का ४१ र १२ का ४५ वर्षीय पुरुष, रुपनी गाउँपालिका वडा नम्बर ५ का ४० र ६ का ३३ वर्षीय पुरुष तथा अग्नीसाइर कृष्णसवरण गाउँपालिका वडा नम्बर १ का २८ र ५ का २३ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । 

उनीहरु सम्बन्धित स्थानीय तहले सञ्चालन गरेको क्वारेन्टाइनमा बसेका छन्। उनीहरुलाई राजविराजस्थित आइसोलेशन केन्द्र ल्याउने तयारी भइरहेको छ। योसँगै सप्तरीमा संक्रमतिको सङ्ख्या ४ सय २६ जना पुगेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.