वीरगन्जको अस्पतालमा आरडिटी पोजिटिभ देखिएका वृद्धको मृत्यु
वीरगन्ज : वीरगन्जको गण्डकस्थित कोभिड अस्पतालमा आइतबार बिहान कोरोनाका शंकास्पद एक बिरामीको मृत्यु भएको छ। आरडिटी रिपोर्ट पोजिटिभ भएका वीरगन्ज- १० आदर्शनगरका ६५ वर्षीय वृद्धको कोभिड अस्पतालको आइसोलेसनमा बिहान साढे ६ बजे मृत्यु भएको अस्पतालका कोर्डिनेटर डाक्टर उदय नारायण सिंह जानकारी दिए। मृतक वृद्धको पिसिआर रिपोर्ट भने आउन बाँकी छ। उनी , वीरगन्जको आदर्शनगरका व्यापारी हुन्।
पहिलेदेखि नै मुटु र मधुमेहको रोगी रहेका वृद्धलाई स्वास्थ्यमा समस्या भएपछि शनिबार दिउँसो नारायणी अस्पतालमा उपचारका लागि लगिएको थियो। अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएका उनमा कोरोनाको शंका लागेर स्वाब संकलन गरी नारायणीकै प्रयोगशालामा पठाइएको थियो।
त्यसपछि उनलाई आइतबार नै वीरगन्जको हेल्थ केयर हस्पिप्टलमा लगेर भर्ना गरिएको थियो। त्यहाँ उपचारका क्रममा उनको आरडिटी परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो।
मृतक वृद्धको पिसिआर रिपोर्ट आइ नसकेकाले शव अस्पतालमै आइशोलेट गरेर राखिएको डाक्टर सिंहले बताए। नारायणी अस्पतालको प्रयोगशालाले मृतक वृद्धको पीसीआर रिपोर्ट आइतबा साँझ सम्म आउने जानकारी दिएको डाक्टर सिंहले बताए। कोभिड अस्पतालमा भर्ना रहेका ५३ मध्ये ४ जना संक्रमितको अवस्था जटिल रहेको डाक्टर सिंहले जानकारी दिए।
वीरगन्जमै गत मंगलबार यता मात्रै ३ जना संक्रमितको मृत्यु भइसकेको छ। पर्सामा कोरोनाका कारण अहिलेसम्म ७ जनाको मृत्यु भइसकेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललीत कुमार बस्नेतले जानकारी दिए। उनका अनुसार तीमध्ये बाराका ३ र पर्साका २ जना हुन् भने वीरगन्जमा बेवारिसे भेटिएका एक संक्रमितको भने अहिलेसम्म पनि पहिचान खुल्न सकेको छैन।
प्रतिक्रिया दिनुहोस !