विद्यार्थी न्युन रहेका विद्यालयबीच सहकार्य गर्न प्याब्सन र एन प्याब्सनको अनुरोध

विद्यार्थी न्युन रहेका विद्यालयबीच सहकार्य गर्न प्याब्सन र एन प्याब्सनको अनुरोध

काठमाडौं : आर्थिक समस्याका कारण व्यवसाय धान्न कठिन भएपछि नीजि स्कुलको दुईवटा छाता संस्था प्याब्सन र एन प्याब्सनले एक अर्कामा गाभिएर भएपनि शैक्षिक गतविधि सञ्चालन गर्न आफ्ना सदस्य स्कुललाई अनुरोध गरेका छन् ।

आफ्ना सदस्यका लागि दुईवटा संस्थाको कार्य सम्पादन समितिले जारी गरेको मार्ग निर्देशन पत्रमा विभिन्न कारणले विद्यार्थी संख्या न्युन रहेका वा हुनसक्ने अवस्था रहेका विद्यालयले आफूलाई अनुकुल भएका र सहकार्य गर्न सम्भव भएका अन्य विद्यालयसँग कसरी छलफल गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्न अनुरोध गरिएको छ ।

आर्थिक अवस्था कमजोर भएका र विद्यार्थी अभावको समस्या झेलिरहेका विद्यालयलाई एक आपसमा गाभ्नुपर्ने विषयमा उठेको आवाजलाई दुई संस्थाको अनुरोधले थप मजबुत बनाएको छ ।

विद्यालयका पुराना तथा नयाँ विद्यार्थीको अभिलेखीकरणको लागि स्थानीय तहसंग छलफल गरेर प्रक्रिया अघि बढाउने, आगामी शैक्षिक सत्रमा विद्यार्थीसँग उठाउन सकिने शुल्क र शिक्षक कर्मचारीलाई दिनुपर्ने तलव तथा सेवा सुविधाको सम्बन्धमा अभिभावक, शिक्ष कर्मचारी र विद्यालय व्यवस्थापन समितिमा छलफल गरेर बजेट तयार गर्नुपर्ने, विद्यालय भौतिक रुपमा सञ्चालनमा आएपछि अपनाउनुपर्ने स्वास्थ्य सावधानीका विषयमा स्थानीय सरकारसंग छलफल गर्ने लगायतका ११ वटा अनुरोध मार्ग निर्देश पत्रमा उल्लेख छ ।

कोभिड १९ को संक्रमण त्रासका कारण गत चैत ११ गतेदेखि मुलुकभरका शैक्षिक संस्थामा पढाइ हुन सकेको छैन । केही स्कुलले अनलाइनबाट विद्यार्थी पढाइरहेका छन् । तर शुल्क लिने विषयमा सरकारले अनुमति नदिएपछि उनीहरु आर्थिक समस्यामा परेका छन् । आर्थिक समस्याका कारण थुप्रै नीजि स्कुलहरु बन्द हुने अवस्थामा पुगेको प्याब्सन र एन प्याब्सनले जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.