ज्यान मुद्धाका फरार अभियुक्त आठ वर्षपछि पक्राउ

ज्यान मुद्धाका फरार अभियुक्त आठ वर्षपछि पक्राउ

धनगढी : हत्याका दोषी साढे ८ वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढी उपमहानगरपालिका-१ का ४१ वर्षीय सुरेन्द्र सिंहको हत्यामा संलग्न वडा नम्बर ८ का सुवर्ण श्रेष्ठलाई पक्राउ गरिएको हो । 

श्रेष्ठ घटना भएदेखि नै फरार रहेकोमा शनिबार धनगढी उपमहागरपालिका-९ मा लुकेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले धनगढी गाउँमा २०६८ सालको मंसिरमा लागेको मेलामा सिंहलाई कुटपिट गरी घाइते बनाउने मध्येका श्रेष्ठलाई आठ वर्ष ७ महिनापछि पक्राउ गरिएको जानकारी दिए।

सिंहको उपचारका क्रममा मृत्यु भएको थियो । कैलाली जिल्ला अदालतले दुवैजनालाई जन्मकैदको सजाय सुनाइसकेको छ । श्रेष्ठलाई आइतबार जिल्ला अदालत कैलालीमा बुझाइएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.