करेन्ट लागेर महिलाको मृत्यु
बैतडी : बैतडीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । सिगास गाउँपालिका ९ चुवाकी ५६ वर्षीया जुना चन्दको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक धनदेव साउँदले जानकारी दिए ।
शनिबार साँझ ७ बजे लोट भन्ने ठाउँमा घाँस काट्न गएका बेला च्वाँगड लघुजलविद्युत आयोजनाको मेन तारमा छुँदा करेन्ट लागेर चन्दको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक साउँदले बताए ।
मृतक चन्दको शव पोष्टमार्टमा लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा ल्याउँदै गरेको उनले बताए।
प्रतिक्रिया दिनुहोस !