पर्सामा थप १८ जनामा कोरोना भाइरस संक्रमण

पर्सामा थप १८ जनामा कोरोना भाइरस संक्रमण

वीरगन्ज : पर्सामा थप १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। अस्पतालका कर्मचारी, स्वस्थ्यकर्मी, कन्ट्याक्ट ट्रेसिङमा परेका , क्वारेन्टाइनमा बसेका र स्वचेच्छाले पैसा तिरेर  पीसीआर जाँच गराएका गरि १८ जनामा आइतबार राति संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेसु डाक्टर मदन कुमार उपाध्यायले जानकारी दिए।

उनका अनुसार पर्साको पर्सागढी नगरपालिकाको बढ्निहारस्थित क्वारेन्टाइनमा खटिएका ५ स्वास्थ्यकर्मी र त्यहाँ बसेका १ सर्वसाधरण गरी ६ जनामा पनि आइतबार राति संक्रमण पुष्टि भएको हो। संक्रमण भेटिएका ५ स्वास्थ्यकर्मीमध्ये २ जना महिला स्वास्थ्यकर्मी छन्। 

यस्तै वीरगन्जको गण्डक अस्पतालका ३४ वर्षीय कर्मचारी, नारायणी अस्पतालको सर्जिकल वार्डमा कार्यरत ४३ वर्षीय कर्मचारी र एपोलो अस्पतालमा कार्यरत ३४ वर्षीय पुरुषमा पनि आइतबार राति कोरोना संक्रमण पुष्टि भएको हो। वीरगन्ज ६ माईस्थानका ९ वर्षीय बालक, ४० वर्षीया महिला र १२ वर्षीया बालिकामा पनि कोरोना संक्रमण पुष्टि भएको हो। उनीहरु तीनै जना साउन ८ गते कोबीड अस्पतालमा मृत्यु भएका ७० वर्षीय वृद्धको कन्टयाक्ट ट्रेसिङमा परेकाहरु हुन्। 

यसैगरी स्वेच्छाले पैसा तिरेर परीक्षण गराएका वीरगन्ज–१४ का ३० वर्षीय पुरुष , वीरगन्ज -१४ बहुअरी गण्डकका ३२ वर्षीय पुरुष , वीरगन्ज -११ श्रीपुरका ४५ वर्षीय पुरुष , वीरगन्ज- २ छपकैयाँका २५ वर्षीय पुरुष, वीरगन्ज -६ रेशमकोठीका ३२ वर्षिय पुरुष र सखुवा प्रसौनी गाउँपालिका -२ श्रीपुर पचगावाका ४० वर्षीय पुरुषको पनि पीसीआर रिपोर्ट पोजेटिभ आएको मेसु उपाध्यायले जानकारी दिए।

आइतबार राति १८ जनामा संक्रमण पुष्टि भएसँगै पर्सा जिल्लामा संक्रमितको संख्या २५९ पुगेको जिल्ला स्वासथ्य कार्यालय पर्साका स्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.