डडेल्धुरामा एक बालिका नातेदारबाटै बलात्कृत

डडेल्धुरामा एक बालिका नातेदारबाटै बलात्कृत

डडेल्धुरा : डडेल्धुराको भागेश्वर गाउपालिका –४ की १५ वर्षीय बालिका नातेदारबाटै बलात्कार भएको खुलेको छ। मानसिक अवस्था सुस्त रहेकी बालिकालाई चाउचाउ र चुईगम दिएर गत फागुनदेखि नै बाजे र काका नाता पर्ने दुई जना आफन्तले निरन्तर बलात्कार गर्दै आएको खुलेको हो।

उनलाई सोही ठाउँका अन्दाजी ५२ वर्षीय डम्बरसिँह साउद र ४५ वर्षीय भोजबहादुर साउदले बलात्कार गरेको किशोरीले बताएकी छन्। बालिकाको पेटमा गर्भसमेत रहेको परिवार स्रोतले खुलाएका छन्। दिउँसो गाईबाख्रा चराउन गएको समयमा आरोपित दुवै जनाले कहिले चाउचाउ त कहिले चुईगम दिएर निरन्तर बलात्कार गर्ने गरेको पीडितपक्षको भनाई छ। 

किशोरीको महिनावारी रोकिएको र किशोरीको स्वास्थ्यमा समस्या देखापर्न थाले उनको स्वास्थ्य चेकजाँच गराउँदा ४ महिनाको गर्भ रहेको खुल्न आएको छ। बिगत केही समयदेखि बालिकाले केही असहज महसुस गरी रहेको थाहा पाएपछि स्वास्थ्य चेकजाँच गर्दा थाहा हुन आएको पीडित किशोरीकी आमाले बताइन्। नातामा आफन्त पर्ने दुवैले बलात्कार गरेको कुरा कसैलाई भने ज्यान मार्ने धम्की दिएकोले कसैलाई नभनेको बालिकाले जनाइन्। 

आरोपित दुवै जनाविरुद्ध साउन ९ गते जिल्ला प्रहरी कार्यालयमा पीडित किशोरीका आफ्न्तहरुले उजुरी दर्ता गराएका थिए। अहिले प्रहरीले आरोपितहरुमध्ये एक जनालाई सोही दिन र अर्कालाई शनिबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता प्रहरी निरीक्षक वीरेन्द्र बहादुर बोहराले बताए।

दुवै जना बालिकाका नाता पर्ने हुन। पीडित बालिकाका एक जना हजुरबुवा, एक जना काका नाता पर्ने रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता प्रहरी निरीक्षक बोहराले बताए। उजुरीपछि दुवै जनालाई पक्राउ गरी जिल्ला अदालतबाट १० दिनको म्याद थप गरेर घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.