क्याबात लिभरपुल !

क्याबात लिभरपुल !

काठमाडाैँ : समग्रमा साल २०१९/२० इङ्लिस फुटबल क्लव लिभरपुलका लागि सुखद रह्यो । ३ दशक लामो अन्तरालपछि गत साता घरेलु लिग विजेता बन्न सफल भएको लिभरपुलले लामो समय निरासमा रहेका आफ्ना समर्थक र फुटबलप्रेमीलाई कोभिड १९ को महामारीका बीच खुसी दिने काम गर्‍यो ।

विगत केही वर्षयता लिभरपुलले गरेको कमब्याकले पनि यसका कटु आलोचकलाई मुक्तकण्ठले प्रशंसा गर्न बाध्य बनायो । सत्तरी र असीको दशकमा घरेलु तथा युरोपेली फुटबल प्रतियोगितामा दबदबा राख्न सफल यो ऐतिहासिक क्लव आफैंमा फुटबलको विश्वविद्यालय हो भन्दा फरक नपर्ला । आधुनिक लिभरपुलको सफलताको श्रेय क्लवका मुख्य प्रशिक्षकका रुपमा सन् १९५९ देखि १९७४ जिम्मेवारी सम्हालेका विलियम ‘बिल’ स्याक्लीलाई जान्छ । स्कटल्यान्डमा जन्मिएर इङ्यान्डलाई कर्मभूमि बनाएका उनले आफ्नो कार्यकालमा ओरालो लागेको क्लवलाई प्रथम डिभिजनमा बढुवा गरी ७५३ खेलमध्ये ३९३ मा जित दिलाएका थिए । उनको लोकप्रिय भनाइ ‘फुटबल इज म्याटर अफ लाइफ एण्ड डेथ, आई डोन्ट लाइक द्याट याटिट्यूड, आई क्यान अस्योर यु, इट ईज मोर देन द्याट’ ले पनि उनको फुटबलप्रतिको मोह, त्याग र समर्पणलाई देखाउँछ ।

यीनको कार्यकालमा लिभरपुल तीन पटक घरेलु लिग विजेता, दुई पटक एभ ए कप विजेता, चार पटक च्यारिटी सिल्ड बिजेता बन्न सफल भएको थियो । स्याक्लीकै पालामा लिभरपुलले लोकप्रिय ‘युवील नेभर वाकअलोन’ आप्mनो क्लवको मुख्य गान बनाएको थियो । वास्तबमा स्याक्ली लिभरपुल फुटबल क्लबकै लागि जन्मिएको भान हन्छ । यीनकै छत्रछाँया हुर्र्केका खेलाडीहरु केनी डाग्लिस, बब पेइसली, केभिन किगन, इयान रसहरु क्लबका लिजेन्ड बन्न सफल भए ।

त्यसो त, क्लबका पछिल्ला सफल पुस्ताका रुपमा माइकल ओवेन, स्टेफन जेरार्ड, रबी फाउलर, जेमी कारागारहरु पर्छन् । सन् नब्बेको दशकमा भने लिभरपुल क्लव र यसका समर्थकका लागि त्यति सुखद हुन सकेन । सन् १९८९ अप्रिल १५ को दिन लिभरपुल फुटबल क्लवका लागि कालो दिन मानिन्छ जसलाई ‘हिल्सबोरो डिजास्टर’ भनिन्छ । सेफिल्डको हिल्सबोरो स्टेडियममा लिभरपुुल र नटिङगम फरेस्टका बीच भएकको सेमी फाइनलको म्याच दौरान दर्शकको हुल नियन्त्रण गर्न नसक्दा भागदौडमा किचिएर ९६ जना लिभरपुल समर्थकको ज्यान जानुका साथै ७ सय ६६ जना घाइते भएका थिए । बेलायती खेल इतिहासमा हिल्सबोरो डिजास्टर एक अकल्पनिय दुर्घटना मानिन्छ ।

संयोगको कुरा के भने, यो सिजन लिभरपुलले लिग जित्दा ९६ अंक नै बटुलेको छ । लिभरपुलका केही कट्टर समर्थक यो संयोग नभएर मारिएका ९६ प्रति दैवले जुराएको श्रद्धाञ्जली भन्ने गर्छन् । गत सिजन उपविजेताका रुपमा चित्त बुझाएको लिभरपुलले यो सिजनमा भने उत्कष्ट खेल शैली पस्कँदै व्यक्तिगत १९औं पटक लिग विजेता बन्न सफल भयो । स्मरणीय के छ भने, उसले युरोपेली क्लव फुटबलको चर्चित प्रतियोगिता च्याम्पियन्स लिगसमेत ६ पटक जितिसकेको छ ।

वर्तमान पुस्ताको प्रतिनिधित्व भने योर्गेन क्लपले गरिरहेका छन् । जर्मनीका पूर्व व्यवसायिक खेलाडी तथा प्रशिक्षक क्लोपले सन् २०१५ मा क्लव सम्हालेयता सफलताको शिखर चुमाउँदै पुरानै लयमा फर्काउने उनको कोसिस जारी छ । उनी क्लवमा आएसँगै केही पुराना र केही नयाँ खेलाडी अनुबन्ध गरी खेल शैलीलाई उत्कष्ट लयमा फर्काउने काम गरे । आक्रमक खेल शैलीसँगै युवा र जागरिला खेलाडीको बाहुल्य रहेको क्लवमा लियोनेल मेस्सी, नेइमार र क्रिस्टियानो रोनाल्डो जस्ता सुपरस्टार नभए पनि मोहम्मद सलाह, रोबर्टो फिर्मिनो, सादियो माने, जोर्डन, फाबिन्हो, हेन्डरसन, रोबर्टसन, अलेक्जान्डर आर्नोल्ड जस्ता लगनशील र मिहिनेती खेलाडी छन् ।

आफू क्लवमा आएपछि क्लोपले दुई तीन वटा महत्वपूर्ण काम गरे । व्यतिmगत खेलमा भन्दा पनि टीम वर्कमा जोड दिए । लिभरपुलको कमजोर मानिएको गोलकिपीङ र डिफेन्सलाई सशक्त बनाउने काम गरे । उनले घरेलु क्लव सन्डरल्याण्डबाट भर्जिल भ्यान डाइक र इटालियन क्लव एएस रोमाबाट किर्तिमानी रकम तिरेर ब्राजिलियन गोलकिपर आलिसन बेकरलाई क्लवमा अनुबन्ध गरे । नभन्दै क्लोपले गरेको यो निर्णय सफल भयो र यी खेलाडीको आगमनसँगै लिभरपुलले आफ्नो खेल सुधा¥यो । केही समयमा नै महत्वपूर्ण ट्रफि उचाल्न सफल भइहाल्यो । लिभरपुलको यो सफलता पछाडि योर्गेन क्लोपको ठूलो योगदान छ । क्लोप खेलाडीको मनोविज्ञान बुझ्ने र उनीहरुलाई सही उत्पे्ररणा दिएर उत्कृष्ट नतिजा निकाल्न सक्ने कुशल प्रशिक्षक मानिन्छन् । उनमा पनि उनै बिल स्याक्ली जस्तै खेलप्रति लगाव र रोमान्च छ । कतिले त यिनलाई तिनै महान् स्याक्लीकै दर्जामा राख्न थालिसकेका छन् । हुन त क्लोपले लिभरपुलको नेतृत्व सम्हालेयता २ सय ६४ ओटा सबै खाले प्रतियोगिता मध्ये १ सय ५९ मा जित निकाल्यो ।

गत वर्षको लिग उपविजेता, यस वर्षको लिग विजेता, गत वर्षको च्याम्पियन्स  लिग बिजेता, युरोपेली सुपर कप, फिफा क्लव वल्ड कपको विजेता बनिसकेको छ । क्लव सम्हालेको छोटो समयमा नै महत्वपूर्ण प्रतियोगिता जित्नु चानचुने कुरा होइन । लिभरपुल क्लव आफैंमा एक इतिहास भएकाले स्याक्ली र क्लोप जस्ता प्रशिक्षक पाउनु अर्को ऐतिहासिक घटना नै मान्नुपर्छ । क्लोपले लिभरपलको खेल शैलीलाई ‘हेभी मेटल फुटबल’ भन्ने गर्छन् । हुन पनि हेभी मेटल संगित जस्तो गति, आक्रोश तथा दर्शकलाई कायल बनाउने खालको सांगीतिक उर्जा लिभरपुलको खेलमा पनि हेर्न सकिन्छ । वर्तमान फुटबलमा शारीरिक बल, गति, फिटनेस, कन्सिस्टेन्सी, टिमवर्क र ट्याक्टिसलाई महत्वपूर्ण हिस्सा मानिन्छ । यी गुण आधुनिक फुटबलका सफलताका सूत्र हुन् । यस्तो गुण भएकै कारणले पनि लिभरपुल सफल हुन सकेको कुरा नकार्न सकिँदैन । क्लोपले पनि धेरै पटक असफल बनेको लिभरपुलको पासा पल्टाएर रोमान्चक तरिकाले महत्वपूर्ण खेल जिताएर आफूलाई निडर र अब्बल प्रशिक्षकका रुपमा विश्व फुटबलमा स्थापित गरिसकेका छन् । अरु फुटबल क्लवका लागि पनि लिभरपुलको खेल शैली उदाहरणीय भएको छ ।

विगतमा हरेक व्यावसायिक युवा खेलाडीको चाहना रियल म्याड्रिड, बार्सिलोना, म्यान्चेस्टर युनाइटेड, युभेन्टस जाने हुन्थ्यो भने अबको ध्यान लिभरपुलको रातो जर्सीतर्फ मोडिएको छ । लिभरपुल क्लवको सफलता व्यक्तिगत जीवनमा पनि सार्थक हुन्छ । धैर्यता र कडा परिश्रम नै सफलताको वास्तविक सूत्र हन् । व्यक्तिगत ट्यालेन्सी र पैसाले मान्छेलाई सफल बनाउन सहयोग गर्ला तर सफल बन्ने ग्यारेन्टी गर्न सक्दैन । त्यसैगरी ठूलो धनराशी खर्च गरेर मात्र एउटा क्लव सफल हुँदैन । क्लवसँग आवद्ध सबैले आफ्नो जिम्मेवारी बहन गर्नुपर्छ । प्रत्येक सदस्यमा मैले केही योगदान गर्नै पर्छ भन्ने भावना जागृत हुनुपर्छ तब मात्र त्यो क्लब सफल हुन सक्छ । यही फुटबल फिलोसोफी अंगालेको लिभरपुललाई आउँदा दिनमा पनि सफलता मिलोस् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.