सप्तरीमा एकपछि अर्को 'लकडाउन', संक्रमितको संख्या ४ सय ६२ पुग्यो

सप्तरीमा एकपछि अर्को 'लकडाउन', संक्रमितको संख्या ४ सय ६२ पुग्यो

राजविराज : संघीय सरकारले लकडाउन खुला गरेपनि सप्तरीमा भने एकपछि अर्को स्थानीय तहले कामकाज बन्द गर्दै लकडाउन गर्ने निर्णय गरेका छन् । कोरोना संक्रमण (कोभिड(१९) को जोखिम बढेको भन्दै मंगलबारदेखि राजगढ र अग्नीसाइर कृष्णसवरन गाउँपालिकाले अनिश्चितकालका लागि सार्वजनिक सेवाहरु बन्द गरेका छन् । 

अग्नीसाइर कृष्णसवरण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्रकुमार यादवले एक विज्ञप्ति जारी गरी समुदाय स्तरमा कोरोना संक्रमण फैलिन सक्ने उच्च जोखिम रहेकाले गाउँपालिका र वडा कार्यालयबाट प्रवाह हुने सेवा बन्द गरेको जनाए । 

अति आवश्यक स्वास्थ्य सेवा बाहेकका अन्य सेवा बन्द गरिएको जानकारी दिँदै यादवले हाटबजार नलगाउन, गोष्ठि-सेमिनार नगर्न, भीडभाड नगर्न, पसल, व्यापार, व्यवसाय, सरकारी, गैरसरकारी र वित्तीय संस्था सञ्चालन नगर्न, नगराउन, अनावश्यक रुपमा घर बाहिर ननिस्किन विज्ञप्तिमार्फत अनुरोध गरेका छन् । 

अत्यावश्यक कामका लागि निस्किनु परेमा मास्कको अनिवार्य प्रयोग गर्न, सामाजिक दूरी कायम गर्न पनि सो विज्ञप्तिमा अनुरोध गरिएको छ । राजगढ गाउँपालिकाले पनि मंगलबादेखि गाउँपालिकाको अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द गरेको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना संक्रमण समुदायमा फैलिने सम्भावनालाई मध्यनजर गर्दै उच्च जोखिम न्यूनिकरणका लागि गाउँपालिका र वडा कार्यालय समेतबाट प्रवाह हुने सार्वजनिक सेवा बन्द गरिएको सूचना जारी गरिएको गाउँपालिका अध्यक्ष परमानन्द यादवले बताए ।

रुपनी गाउँपालिका १ ले पनि कामकाज ठप्प गरेको छ । राजविराजमा कोरोना संक्रमण समुदायस्तरमा फैलिएको भन्दै राजविराज नगरपालिकाले एक साताअघि मंगलबार लकडाउन कडा गर्ने निर्णय गरेको थियो ।

राजविराज नगरपालिका-६ का ७३ वर्षीय कोरोना संक्रमित व्यापारीको मृत्युपछि 'कन्याक्ट र ट्रेसिङ' गर्दै जाँदा परिवारका पाँचजना सदस्य, उनको घर, पसल र कलेजका कामदार, छिमेकी तथा उनीहरुको परिवारमा समेत कोरोना पुष्टि हुँदै गएपछि राजविराज नगरपालिकाले बुधबारदेखि लकडाउन पूर्ण पालना गर्न/ गराउने निर्णय गरेको हो ।

बिहीबारदेखि लागू हुनेगरी जिल्ला सुरक्षा समितिको बैठकले राजविराज नगर क्षेत्रभित्र जारी गरेको निषेधाज्ञा कायम छ । समुदायमा कोरोना फैलिएको भन्दै ट्रयाकिङ र ट्रेसिङका आधारमा पीसीआर परीक्षण गर्दा संक्रमितको सङ्ख्या बढेर ४ सय ६२ पुगेको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले बताए ।

विष खाएर उपचार गराउन आएका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-२ का ५० वर्षीय पुरुषमा शुक्रबार कोरोना पोजिटिभ देखिएपछि गरिएको परीक्षणमा उनको परिवार र गाउँलेमा समेत संक्रमण देखिएको छ । 

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचाररत ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि उनको परिवारका सदस्य र सम्पर्कमा आएका व्यक्तिको स्वाब संकलन गरी जाँच गर्दा परिवारका पाँचजना र सम्पर्कमा आएका गाउँकै एकजना संक्रमित पाइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

उनको परिवारका २२, २७, २९, ४० र ५१ वर्षीय पुरुष तथा सम्पर्कमा आएका वडा नम्बर ६ का २२ वर्षीय पुरुष पनि संक्रमित पाइएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवले जानकारी दिए ।

भारतबाट आइ मृत्यु भएका कोरोना संक्रमित राजविराज-६ का ७३ वर्षीय व्यापारीको सम्पर्कमा आएका थप दुईजनामा पनि संक्रमण देखिएको छ । राजविराज नगरपालिका ३ का २४ वर्षीय र वडा नम्बर ८ का २७ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । 

संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिको थप रिपोर्ट आउन बाँकी छ । गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणअनुसार क्वारेन्टाइनमा रहेका ४ वर्षीय बालकसहित सातजना संक्रमित पनि थपिएका छन् । 

बलान बिहुल गाउँपालिका-१ का २६ वर्षीय, वडा नम्बर-२ का २० वर्षीय, वडा नम्बर-३ का ४, १० र २० वर्षीय, वडा नम्बर-४ का २३ र ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

सोमबार राती थपिएका यी १५ जना संक्रमितको स्वास्थ्य तथा जनासङ्ख्या मन्त्रालयले मंगलबार पुष्टि गर्ने तयारी गरेको छ । यसअघि सप्तरीमा आइतबार दिउँसो सातजना र राती पुनः १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.