वीरगन्जका संक्रमित घरमै अलपत्र, होटल व्यवसायी भन्छन् : होटल आइसोलेसनका लागि उपलब्ध गराउँछौं

वीरगन्जका संक्रमित घरमै अलपत्र, होटल व्यवसायी भन्छन् : होटल आइसोलेसनका लागि उपलब्ध गराउँछौं

वीरगन्ज : कोभिड अस्पतालमा संक्रमित राख्ने बेड अभाव हु्ँदा संक्रमितलाई घरमै अलपत्र छाडिएको खबर सार्वजनिक भएपछि होटल व्यवसायीले वीरगन्जमा रहेका होटल र लज आइसोलेसनका रुपमा प्रयोग गर्न दिने घोषणा गरेका छन्। वीरगन्जको गण्डक स्थित कोभिड अस्पतालको आइसोलेसन बेडको क्षमता ५० मात्रै छ। तर त्यहाँ अहिले ६२ जा संक्रमित राखिएको छ। 

कोभिड अस्पतालका संयोजक डाक्टर यादव नारायण सिंहका अनुसार कोभिड अस्पतालमा बेडको अभाव हुँदा ५० भन्दा बढी संक्रमितलाई आइसोलेसनमा राखिएको छैन। ४-५ जना संक्रमितलाई  क्वारेन्टाइनमा राखिएको र बाँकी संक्रमित घरमा बसेका डाक्टर सिंहले जानकारी दिए। कोभिड अस्पतालमा बेड नहुँदा संक्रमितलाई घरमै छाडिएपछि होटल तथा व्यवसायी संघ पर्साले मङगलबार प्रेस विज्ञप्ति जारी गरेर आइसोलेसनका लागि होटल र लज उपलब्ध गराउन तयार रहेको जानकारी गराएको हो।

'वीरगन्जमा कोरोनाका संक्रमितको संख्या बढ्दै गएको तर बेडको अभावले आइसोलेसनमा राख्न नसक्दा संक्रमितलाई घरमै यथास्थितिमा छोडिएको अवस्था छ। प्रायको घरमा अलग कोठा र शौचालय नहुँदा घरमा राखिएका संक्रमितबाट परिवारका अन्य सदस्यमा संक्रमण सरेर स्थिति झन विकराल बन्ने अवस्था देखिएको छ',संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

 
तत्काल अर्को कोभिड अस्पताल र आइसोलेसनमा बेड थप्ने अवस्था पनि नदेखिएकाले त्यसैलाई मध्यनजर गर्दै होटल व्यवसायीले जोखिम मोलेरै भए पनि अहिले वीरगन्जमा देखिएको समस्याको तत्काल समाधानका लागि वीगन्जमा रहेका एट्याच बाथरुम भएका होटलहरु अति न्युनतम शुल्क लिएर आइसोलेसनका लागि उपलब्ध गराउन होटल व्यवसायी तयार रहेको संघका अध्यक्ष पन्तले बताए।

हालै काठमाडौं स्थित एक तारे होटलमा पनि नेपाल एयलाइन्सको कोभिड संक्रमित कर्मचारीलाई राखिएको उदहारण दिंदै पन्तले भने,‘लक्षण देखिएका संक्रमितलाई गण्डक स्थित कोभिड अस्पतालमा र लक्षण नभएका संक्रमितलाई स्वस्थकर्मीको प्रत्यक्ष निगरानीमा होटलमा राख्दा हाल देखिएको समस्या तत्कालका लागि टरेर जानेछ।'

पन्तका अनुसार संघमा वीरगन्जका ३१ वटा होटल र लज आबद्ध छन्। ती सबैमा जम्मा एट्याच बाथरुम सहितका १ हजार कोठा छन्। कोभिड अस्पतालका संयोजक डाक्टर उदय नारायण सिंहले होटल व्यवसायीबाट आएको प्रस्ताव सकारात्मक भएको बताए। उनले भने,‘यस विषयमा सरोकारवाला निकायले तत्कालै निर्णय गरि हाल्नुपर्छ। नत्र संक्रमितलाई घरमै राख्दा स्थिति झन बिग्रन सक्छ।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.