सानिमा बैंकको डिजिटल काउन्टर संचालनमा
काठमाडौं : सानिमा बैंक लि.ले ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै नयाँ प्रविधियुक्त बैंकिङ्ग सेवाहरु संचालन गर्दै आइरहेको छ । बैंकले श्रावण १३ गतेदेखि डिजिटल काउन्टर संचालनमा ल्याएको छ । अब डिजिटल काउन्टर मार्फत सानिमा बैंकका ग्राहकहरुले चेकबिना नै भुक्तानी प्राप्त गर्न सक्नेछन् । यो सेवा प्रयोग गर्न मोबाइल बैंकिङ्ग एप “सानिमा सजिलो ई बैंकिङ्ग” बाट नक्साल शाखामा रहेको डिजिटल काउन्टरमा गएरत्तच् ऋयमभ कअबलगरी भुक्तानी प्राप्त गर्न सकिन्छ ।
ग्राहकले चेकबुक भर्नुपर्ने प्रक्रिया बिना सिधै डिजिटल काउन्टरमा रहेको त्तच् ऋयमभ कअबल गरी रकम निकाल्न सकिने हुनाले यो सेवा छिटो, छरितो र सरल रहेको छ। यो सेवा हाल सानिमा बैंकको प्रधान कार्यालय नक्सालबाट सुरु गरिएको र समय अनुसार यो सेवामा थप सुविधाहरु समायोजन गरी विस्तार गरिने बैंकले जनाएको छ ।