सुदूरपश्‍चिममा फेरि बढ्यो संक्रमण दर : थप ८० जनामा कोरोना पुष्टि

सुदूरपश्‍चिममा फेरि बढ्यो संक्रमण दर : थप ८० जनामा कोरोना पुष्टि

धनगढी : सुदूरपश्चिममा कोरोना भाइरस (कोभिड-१९) संक्रमणको दर फेरि बढेको छ । मंगलाबार  मात्र प्रदेशका ८० जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा भएको परीक्षणमा ८० जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले डडेल्धुरा अस्पतालमा मंगलबार भएको परीक्षणमा ३८ जनामा संक्रमण पुष्टि गरेका थिए। यस्तैगरी डोटीका ३५ र बझाङका तीनजनामा संक्रमण पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पतालयमा एक सय ३४ जनाको कोरोना परीक्षण भएकोमा १५ महिला र २७ पुरुष गरी ४२ जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालका अनुसार डोटीको सायल गाउँपालिकाका ६ महिला र १३ पुरुष गरी १९ जना, आदर्श गाउँपालिकाका वडा नम्वर ७ का तीन पुरुष र एक महिला गरी चारजनामा कोरोना पुष्टि भएको छ ।

कैलालीको गोदावरी नगरपालिकाका सात महिला र ११ पुरुष गरी १८ जनामा पनि कोरोना पुष्टि भएको छ । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्वर ९ का दुई बर्षीया बालिकामा समेत संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।
मंगलबार थपिएका संगै सुदूरपश्चिममा संक्रमितको संख्या चार हजार तीन सय २७ पुगेको छ । संक्रमण पुष्टि भएका दुई हजार ८ सय १९ जना डिस्चार्ज भइसकेका छन् भने ९ जनाको मृत्यु भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा बढी कैलालीका एक हजार ११ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै डोटीका सात सय १५, अछाममा ६ सय ७८, बाजुराका ६ सय १९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

कञ्चनपुरका पाँच सय १५, डडेल्धुराका तीन सय तीन, बैतडीका दुई सय ८३, बझाङका एक सय ८२ र दार्चुलाका २१ जनामा संक्रमण पुष्टि भएको हो ।

२८ सय कोरोना संक्रमित निको भए

सुदूरपश्चिमका दुई हजार ८ सय १९ कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । विभिन्न अस्पताल र स्थानीय तहमा बनाइएका आइसोलेसनबाट सोमबार थप ६८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले कञ्चनपुरबाट ३४ र कैलालीबाट पनि ३४ जनालाई डिस्चार्ज गरिएको जानकारी दिए । सुदूरपश्चिममा कोरोना संक्रमण मुक्त भएर घर फर्किनेको संख्या दुई हजार ८ सय १९ पुगेको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा बढि अछामका पाँच सय ४०, डोटीका पाँच सय ३५, कैलालीका चार सय ५९, कञ्चनपुरका चार सय ४९, बैतडीका दुई सय ९९ र डडेल्धुराका दुई सय ६७ जना डिस्चार्ज गरिएको छ ।

बाजुरा एक सय ७०, बझाङबाट ८७ र दार्चुलाबाट १३ जना संक्रमितलाई डिस्चार्ज गरिएको छ । सुदूरपश्चिम प्रदेशका ५३ संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने बाँकी एक हजार चार सय २० जना भने घर र स्थानीय तहको क्वारेन्टाइनमा छन् ।

मन्त्रालयका अनुसार टीकापुर अस्पतालमा २१, महाकाली अस्पतालमा १८, जिल्ला अस्पताल अछाममा १०, जिल्ला अस्पताल बाजुरा र डोटीमा दुई÷दुई जना गरी ५३ जनाको उपचार भइरहेको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.