वीरगन्जमा चिकित्सकसहितको विशेष टोली पठाउन माग

वीरगन्जमा चिकित्सकसहितको विशेष टोली पठाउन माग

वीरगन्ज : केही दिनयता दिनहुँ कोरोना संक्रमितको संख्या बढ्दै गएपछि स्थिति भयावह भएको भन्दै वीरगन्जमा तत्कालै विज्ञसहितको चिकित्सक र स्वास्थ्यकर्मीको टोली पठाइदिन सरकारसँग आग्रह गरिएको छ ।

बिहीबार बसेको सर्वपक्षीय बैठकले वीरगन्जमा कोरोना संक्रमण नियन्त्रण बाहिर जान लागेको निष्कर्ष निकाल्दै तत्काल विज्ञ चिकित्सक र स्वास्थ्यकर्मीसहितको टोली पठाइ दिन संघीय सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग आग्रह गरेको हो ।

सर्वपक्षीय बैठकले कोभिड संक्रमित नियन्त्रण गर्न विज्ञसहितको चिकित्सक र स्वास्थ्यकर्मीको विशेष टोली तत्काल वीरगन्ज पठाइ सम्पूर्ण व्यवस्थापन गरिदिन स्वास्थ्य मन्त्रालयलाई आग्रह गरिएको बैठकमा सहभागी नेपाली कांग्रेस पर्साका सभापति अजय द्धिवेदीले बताए ।

यस्तै वीरगन्जमा दिनहुँ झण्डै सयौंको संख्यामा कोभिड संक्रमित फेला परिरहेका छन्। कोभिड अस्पतालको व्यवस्थापनका लागि पहल गर्ने निर्णय पनि बिहीबारको बैठकले गरेको छ ।

त्यसका लागि वीरगन्जमै रहेका नेसनल मेडिकल तथा शिक्षण अस्पताल , वयोधा अस्पताल , वीरगन्ज हेल्थ केयर अस्पताल मध्ये कुनै १/२ वटा निजी अस्पताल आफ्नो मातहतमा लिएर अबिलम्ब कोभिड अस्पतालको व्यवस्थापन र संचालन गर्न सरकारसँग माग गरिएको छ । 

एकमात्र सरकारी अस्पताल नारायणी अहिले बन्द छ।नारायणी अस्पताल स्वास्थ्य सुरक्षा अपनाएर सुचारु गर्न पनि स्वास्थ्य मन्त्रालयसँग आग्रह गरिएको बैठकमा सहभागी जनता समाजवादी पार्टीका नेता रामनरेश यादवले जानकारी दिए । 

सर्वपक्षीय बैठकले वीरगन्जमा विधुतीय शवदाह गृह स्थापना गर्न पहल गर्ने निर्णय पनि गरेको बैठकमा सहभागी युवा अभियन्ता ओम प्रकाश सर्राफले जानकारी दिए  ।यसैगरी बैठकले कोरोनाले ज्यान गुमाएकाको शव अन्त्येष्टि र दाहसंस्कारमा अवरोध नगरिदिन पनि सार्वजनिक अपिल गरेको छ । 

बैठकमा नेकपाका प्रतिधिनि महेश दास , वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडिया, युवा अभियन्ता ओमप्रकाश सरार्फ, समाजिक अभियन्ता वृजेश्वर चौधरीलगायतको सहभागिता थियो । 

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार पर्सामा बिहीबार दिउँसोसम्म संक्रमितको संख्या ३ सय ५६ पुगेको छ ।यस्तै कोरोनाका कारण अहिलेसम्म १० जनाको मृत्यु भइसकेको छ ।

वीरगन्जको कोभिड अस्पतालमा ५० बेड मात्रको आइसोलेसन रहेका कारण त्यहाँ अहिले ६० संक्रमितको उपचार भइरहेको छ । कोभिड अस्पतालमा बेड खाली नहुँदा झण्डै सयजना संक्रमित घरकै होम आइसोलेसनमा राखिएको छ । 

वीरगन्जमा शनिबारदेखि निषेधाज्ञा जारी छ। आइतबारदेखि समुदायस्तरमै कोरोना परीक्षण थालिएको छ । समुदायमै पुगेर परीक्षण गर्न थालिएपछि दिनहुँ संक्रमितको संख्या पनि बढ्दै गइरहेको छ ।बु्धबार मात्रै पर्साका ८४ जनामा संक्रमण पुष्टि भएको थियो ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.