कोरोना महामारीमा काम गर्न नमान्ने २५ स्वास्थ्यकर्मी पक्राउ

कोरोना महामारीमा काम गर्न नमान्ने २५ स्वास्थ्यकर्मी पक्राउ

वीरगन्ज :  कोभिड संक्रमण नियन्त्रण तथा रोकथामा खट्न नमानेका वीरगन्ज महानगरपालिकाका २५ जना स्वास्थ्यकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।  जिल्ला प्रशासन कार्यालयको निर्देशनमा प्रहरीले वीरगन्ज महानगरपालिकाका २५ जना स्वास्थ्यकर्मीलाई बिहीबार साँझ वीरगन्ज महानगरपालिका कार्यालय परिसरबाटै प्रहरीले नियन्त्रणमा लिएको हो। 

कोबीडको महामारीमा समेत विभिन्न बहाना गरेर काममा खट्न नमानेका २५ जना स्वास्थ्यकर्मीलाइ स्थानीय प्रशासनको निर्देशनमा नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा ल्याइएको पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले बताइन्। 

अस्पतालका आइसोलेसनमा र स्वाब संकलन कार्यका लागि स्वास्थ्यकर्मीको अभाव भएपछि लागि नारायणी अस्पतालले ६० जना स्वास्थ्यकर्मी जिल्ला विपद व्यवस्थापन केन्द्रसँग मागेको थियो । अस्पतालको आग्रहमा  जिल्ला प्रशासन कार्यालयले वीरगन्ज महानगरपालिकालाई साउन १० गते पत्र लेखेर ६० जना स्वासथ्यकर्मी उपलब्ध गराइ दिन निर्देशन दिएको थियो।

 
त्यसपछि महानगरपालिकाले साउन ११ गते ३० जना स्वास्थ्यकर्मीको सूची अस्पतालमा पठाएको थियो । सूचीमा ४ जना स्वास्थ्य निरीक्षक , ११ जना सिनियर अहेब , ५ जना अहेब र ४ जना अनमीको नाम थियो।   तर साउन १५ गते भइसक्दा पनि महानगरले खटाएका कर्मचारीहरु काममा नआएपछि प्रहरी पठाएर उनिहरुलाई नियन्त्रणमा लिइएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललीत बस्नेतले जानकारी दिए।

स्वास्थ्यकर्मीको अभावमा वैकल्पिक आइसोलेसन र स्वाब संकलन कार्य नै प्रभावित भएपछि बाध्य भएर प्रहरी लगाएर नियन्त्रणमा लिनु परेको बस्नेतले बताए।  ‘खटाएको काममा किन नगएको हो भनेर सोधपुछ गर्न स्वास्थ्यकर्मीलाई नियन्त्रणमा ल्याइएको हो’ उनले भने, ‘अब पनि काममा जान मानेनन् भने विभागीय कार्वाही हुन्छ ।’ महानगरले पठाएको सूचीमा रहेका अरु ५ जनाको पनि प्रहरीले खोजी गरिरहेको छ। 

कोभिड अस्पतालका कोर्डिनेटर डाक्टर उदय नारायण सिंहले पनि महानगरपालिकाले सूची पठाएका स्वास्थ्यकर्मीलाई सम्पर्क गर्दा अनेक बहाना बनाएर काममा आउन नसक्ने जवाफ दिएपछि स्थानीय प्रशासनलाई जानकारी गराएको बताए। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.