पर्सामा स्वास्थ्यकर्मीसहित थप ४१ जनामा कोरोना संक्रमण पुष्टि

पर्सामा  स्वास्थ्यकर्मीसहित थप ४१ जनामा कोरोना संक्रमण पुष्टि

वीरगन्ज : पर्सामा स्वास्थ्यकर्मी र अस्पतालका सफाइकर्मीसहित थप ४१ जनामा कारोना संक्रमण पुष्टि भएको छ । वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बिहीबार राती पर्साका थप ४१ जनामा कारोना संक्रमण पुष्टि भएको अस्पतालका मेसु डाक्टर मदन उपाध्यायउले जानकारी दिए ।

उनका अनुसार, बिहीबार राती संक्रमण पुष्टि भएका पर्साका ४१ जनामध्ये नारायणी अस्पतालका २ जना चिकित्सक, २ जना स्टाफ नर्स र १ जना सफाइकर्मी तथा नेशनल मेडिकल कलेजका १ जना चिकित्सक हुन् ।

पर्साको धोबीनी गाउँपालिका २ जना, पोखरीया नगरपालिकाका १ जना र बहुदरमाइ नगरपालिका १ जनामा पनि संक्रमण पुष्टि भएको मेसु उपाध्यायले जानकारी दिए । बाँकी अरु सबै कन्टयाक्ट ट्रेसिङमा परेका र स्वचेच्छाले पैसा तिरेर पीसीआर परीक्षण गराएका वीरगन्जका उद्योगी , व्यपारी र सर्वसाधरण नागरिक रहेको मेसु उपाध्यायले जानकारी दिए । 

बिहीबार राती ४१ जना संक्रमित थपिएसँगै पर्सामा कुल संक्रमितको संख्या ३ सय ९७ पुगेको जिल्ला स्वास्थ्य कार्यालय पर्साले जनाएको छ । यसअघि बुधबार पनि पर्सामै एकै दिन ८४ जनामा संक्रमण भेटिएको थियो । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.