पर्सामा संक्रमितको संख्या ५०० नाघ्यो

पर्सामा संक्रमितको संख्या ५०० नाघ्यो

वीरगन्ज  ः पर्सामा कोरोना संक्रमितको संख्या ५ सय नाघेको छ । शनिबार राति थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै पर्सामा संक्रमितको संख्या ५०७ पुगेको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डाक्टर मदन उपाध्यायले जानकारी दिए ।

वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा शनिबार राति गरिएको पीसीआर परीक्षणमा १४ महिला र ३१ पुरुष गरी थप ४५ जनामा संक्रमण पुष्टि भएको हो । उनीहरु ५ देखि ६० वर्ष उमेरका छन् ।  

मेसु उपाध्यायका उनका अनुसार , शनिबार राति संक्रमण पुष्टि भएका ४५ जनामा आफैँले पैसा तिरेर परीक्षण गराएका ७ जना छन् ।  अरु ३७ जना भने मास टेस्टिङ र कन्ट्याक्ट ट्रेसिङमा परेकाहरु हुन् । 

शनिबार राति संक्रमण पुष्टि भएका ४५ जना मध्ये ४३ जना वीरगन्ज महानगरपालिकाका हुन् । वीरगन्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुरका १६ जना , वडा नम्बर ४ का १५ जना , वडा नम्बर १३ श्रीपुरका ४ जना ,  वडा नम्बर ३ , ८ र १८ का १÷१ जना र वीरगन्ज २५ सिर्सिया सुख्खा बन्दरगारका ५ जनामा शनिबार राति संक्रमण पुष्टि भएको हो ।

शनिबार राति पर्साको ठोरी गाँउपालिकाकाको निर्मलबस्तीका १ जना  र सुखुवा प्रसौनी गाँउँपालिका २ का  १ जनामा पनि संक्रमण भेटिएको हो ।
यसअघि शुक्रबार राति पनि पर्सामा एक सांसद सहित ६४ जनामा संक्रमण पुष्टि भएको थियो । 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.