अझै भेटिनएनन् सेतीमा वेपत्ता स्वास्थ्यकर्मी, खोजिमा जुट्यो गोताखोर

अझै भेटिनएनन् सेतीमा वेपत्ता स्वास्थ्यकर्मी, खोजिमा जुट्यो गोताखोर

डडेल्धुरा : शनिबार दिउँसो सेती नदीमा नुहाउने क्रममा वेपत्ता भएका डडेल्धुरा अस्पतालमा कार्यरत दुईजना स्वास्थ्यकर्मी अझै फेला परेका छैनन्। शैलश्वरी मद्धिर दर्शन गरी फर्कने क्रममा डोटीको शिखर नगरपालिकास्थित सेती नदी किनार गहनानमा नुहाउन गएका चार जनामध्ये दुईजनालाई सेतीले बगाएको थियो।

वेपत्ता भएका स्वास्थ्यकर्मीलाई सातजना गोताखोरले खोजि रहेको जिल्ला प्रहरी कार्यालय डोटीका एसपी जनकराज पाण्डेयले बताए । तीनजना जिल्लामा रहेका र बाँकी चारजनालाई काठमाडौंबाट बोलाएर सेतीमा हराएका स्वास्थ्यकर्मीको खोजीकार्य भइरहेको छ। तर अहिलेसम्म भेट्न नसकेको एसपी पाण्डेयले अन्नपूर्णलाई जानकारी दिए।

डडेल्धुरा अस्पतालमा कार्यरत चारजना शनिबार बिहानै डोटीको शैलश्वरी मद्धिर दर्शनका लागि गएको अस्पतालले जनाएको छ । मन्दिर दर्शन गरी फर्किँदा नुहाउने क्रममा उनीहरुमध्ये तीनजनालाई नदीले बगाएको थियो । 

तर, एकजनाको उद्धार गर्न सकिएको भएपनि दुईजनालाई सेतीले वेपत्ता पारेको खुल्न आएको छ । प्रहरीका अनुसार अस्पतालका चार स्वास्थ्यकर्मी शनिबार शैलेश्वरी दर्शन गर्न गएको र फर्किने समयमा सेतीमा नुहाउने क्रममा तीनजनालाई बगाएको थियो । 

नुहाउने क्रममा परशुराम नगरपालिका घर भएका हरि जोशी, बझाङ स्थायी घर भएका विनय सिंह शनिबार दिउँसो नदीमा नै वेपत्ता भएका थिए भने अर्का खगेन्द्रलाई प्रेमबहादुर ठगुन्नाले उद्धार गरी बचाएका थिए।चारैजना डडेल्धुरा अस्पतालका कर्मचारी रहेको अस्पतालका निमित्त मेसु डा. जगदीशचन्द्र विष्टले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.