पर्सामा थप ३५ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या ५४२ पुग्यो

पर्सामा थप ३५ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या ५४२ पुग्यो

वीरगन्ज : पर्सामा आइतबार साँझ थप १ भारतीयसहित थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

वीरगन्जमा बस्दै आएका १ भारतीयसहित ३५ जनामा आइतबार बेलुकी संक्रमण पुष्टि भएको वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालाले जनाएको छ। 
आइतबार संक्रमण पुष्टि भएका ३५ मध्ये वीरगन्ज महानगरपालिका-११ का मात्रै २७ जना छन्। 

यस्तै वीरगन्ज महानगरपालिका १० , १५ र ४ का १/१ जनामा पनि आइतबार साँझ संक्रमण पुष्टि भएको नारायणी अस्पतालका चिकित्सक डाक्टर नीरज सिंहले जानकारी दिए।

वीरगन्जस्थित नेपाली सेनाको चण्डी प्रसाद गणका १ सेना र जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत १ जना प्रहरीमा पनि संक्रमण भेटिएको छ। पर्साको सुखवा प्रसौनी गाँउपालिका र जीराभवानी गाउँपालिका १/१ जनामा आइतबार संक्रमण पुष्टि भएको डाक्टर सिंहले जानकारी दिए। 

आइतबार साँझ ३५ जनामा संक्रमण पुष्टि भएसंगै पर्सामा संक्रमितको संख्या ५ सय ४२ पुगेको छ। यसअघि शनिबार रातिको परीक्षणमा पनि पर्साका ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। शुक्रबार राति पनि पर्सामा एक सांसदसहित ६४ जनामा संक्रमण पुष्टि भएको थियो।

सात डिस्चार्ज
यसैबीच वीरगन्जको गण्डकस्थित कोभिड अस्पतालबाट आइतबार सातजना कोरोना बिरामी डिस्चार्ज भएका छन्। कोभिड अस्पतालबाट आइतबार बेलुकी ४ महिला र ३ पुरुष गरेर ७ जनालाई डिस्चार्ज गरिएको  अस्पतालका चिकित्सक डाक्टर नीरज सिंहले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.