पर्सामा कोरोनाले थप दुई जनाको मृत्यु : एकै दिन ११६ संक्रमित

पर्सामा कोरोनाले थप दुई जनाको मृत्यु : एकै दिन ११६ संक्रमित

वीरगन्ज : पर्सामा बुधबार एकै दिन १ सय १६ जना नयाँ संक्रमित थपिएका छन् । नारायणी अस्पतालको प्रयोगशालामा बुधबार बिहान गरिएको परीक्षणमा १सय १६ जनामा संक्रमण पुष्टि भएको हो । 

वीरगन्ज कारागारका कैदीबन्दी ,सशस्त्र प्रहरी, नेपाली सेना, वीरगन्ज महानगरपालिकाका कर्मचारीसहित ११६ जनामा बुधबार बिहान संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले जानकारी दिए । 

बुधबार वीरगन्ज कारगारका २७ जना कैदीबन्दीमा संक्रमण भेटिएको हो । यसअघि पनि कारगारमै १३ जनामा संक्रमण पुष्टि भएको थियो ।  यसैगरी वीरगन्जस्थित नेपाली सेनाको चण्डी प्रसाद गणमा कार्यरत ३ जना सेना , वीरगन्ज भन्सार कार्यालयमा खटिएका ३ जना सशस्त्र प्रहरी र ४ नेपाल प्रहरीमा पनि बुधबार संक्रमण भेटिएको मेसु उपाध्यायले जानकारी दिए ।

वीरगन्ज महानगरपालिका वडा नम्बर ४ र वडा नम्बर १० का ९/९ जना , वडा नम्बर २७ का ८ जना, वडा नम्बर १५ का ३ जना , वडा नम्बर १ , ८ र ९ का २/२ जना , वडा नम्बर ३ , २५ , २४ , १२ र १३ का १/१ जनामा पनि संक्रमण पुष्टि भएको हो । यस्तै, पर्साकै जगरनाथपुर गाउँपालिका ५ र जिराभवानी गाउँपालिका ३ का १/१ जनामा पनि संक्रमण भेटिएको हो ।   

क्वारेन्टाइनमा बसेका, कन्टयाक्ट ट्रेसिङमा परेका तथा मास ट्रेसिङ र स्वचेच्छाले पैसा तिरेर परीक्षण गराएकाहरु गरी  १सय १६ जनामा संक्रमण पुष्टि भएको मेसु उपाध्यायले बताए । 

पर्सामा हालसम्म एकै दिनमा यति ठूलो संख्यामा संक्रमण भेटिएको यो पहिलो हो । यसअघि गत आइतबार एकै दिन पर्सामा ७३ जनामा संक्रमण भेटिएको थियो ।  १ सय १६ जना संक्रमित थपिएसँगै पर्सामा संक्रमितको संख्या ७ सय ३० पुगेको जिल्ला स्वास्थय कार्यालय पर्साले जनाएको छ । 

थप २ जनाको मृत्यु

पर्सामा कोरोनाका कारणले थप दुईजनाको मृत्यु भएको पुष्टि भएको छ । वीरगन्जको गण्डक बहुअरीस्थित वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा बुधबार बिहान वीरगन्ज १५ का ४६ वर्षीय पुरुषको मृत्यु भएको हो । उनमा साउन १९ गते राती कोभिड १९ संक्रमण पुष्टि भएको थियो । 

यस्तै गत सोमबार राति उपचारका लागि वीरगन्जको नेशनल मेडिकल कलेजमा ल्याउने क्रममा बाटोमै मृत्यु भएकी पर्साको पोखरीया नगरपालिका ८ की १८ वर्षीया युवतीमा भने मङगलबार राति संक्रमण पुष्टि भएको थियो । 

पर्सा जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ । साउनमा मात्रै पर्सामा १३ जनाको मृत्यु भएको हो  ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.