डडेल्धुरा अस्पतालमा एकैदिन चार सय बढीको कोरोना परीक्षण, ११ जनामा संक्रमण पुष्टि
डडेल्धुरा : डडेल्धुरा अस्पतालमा रहेको प्रयोगशालामा एकै दिन चारसय बढीको पीसीआर परीक्षण गरिएको छ । उक्त ल्याबमा पछिल्लो २४ घन्टामा गरिएको ४०९ नमुना परीक्षणमध्ये ११ नमुनाको कोरोना रिपोर्ट पोजिटिभ देखिएको हो ।
अस्पतालको प्रयोगशालामा जडान गरिएको आरटीपीसीर मेसिनमा थ्रोट स्वाबको नमूना परीक्षण गर्दा ११ जनाको कोरोना रिपोर्ट पोजिटिभ देखाएको अस्पतालले जनाएको छ ।
कुल ४ सय ९ जनाको स्वाब परीक्षण गरिएकोमा ११ जनाको रिपोर्ट पोजिटिभ र ३ सय ९८ जनाको रिपोर्ट नेगेटिभ आएको अस्पतालका ल्याब इन्चार्ज इश्वरी भुषालले बताए ।तर ती पोजिटिभ आएका संक्रमित कुन जिल्ला र कुन स्थानीय तहका हुन भनेर अस्पतालले जारी गरेको विज्ञप्तिमा खुलाएको छैन ।
उक्त जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही बेरमा आफ्नो प्रेस ब्रिफिङमार्फत दिने अस्पतालले जनाएको छ।
्
प्रतिक्रिया दिनुहोस !