सप्तरीका तीन मृतकमध्ये एकको रिपोर्ट पोजिटिभ

सप्तरीका तीन मृतकमध्ये एकको रिपोर्ट पोजिटिभ

राजविराज : सप्तरीको रुपनी गाउँपालिका-५ धुरगाउँका ४५ वर्षीय मृतकको कोरोना रिपोर्ट पोजिटिभ आएको छ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा मृतकको रिपोर्ट बुधबार राति पोजिटिभ आएको अस्पतालले जनाएको छ।

मलेसियाबाट एक महिना अघि आएर घरमा बसेका उनको मङ्गलबार राति मृत्यु भएपछि बुधबार दिउँसो स्वाब संकलनलगत्तै गरिएको परीक्षणमा रिपोर्ट पोजिटिभ आएको डाक्टर रणजीतकुमार झाले जानकारी दिए। 

स्वासप्रस्वासमा समस्या आएपछि राजविराजस्थित गजेन्द्रनारायण सिंह  अस्पतालमा भर्ना भएका उनको उपचार हुन नसकेपछि उपचारका लागि धरान लाने क्रममा बाटोमै मृत्यु भएको थियो। 
    
एक महिनादेखि घरमा बसिरहेका पुरुषको मृत्यु भएपछि शोकमा डुबेको गाउँ अहिले रिपोर्ट पोजिटिभ आएपछि त्रासमा छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या सप्तरीमा दुई पुगेको छ। 
    
यसअघि चार महिनापछि भारतको दिल्ली र दरभंगा बसेर घर आएका राजविराज नगरपालिका-६ का ७३ वर्षीय व्यापारीको मृत्यु भएको थियो।

कोरोनाको लक्षण रहेको भन्दै स्वास्थ्य कार्यालय सप्तरीले तत्काल दाहसंस्कारमा रोक लगाउँदै छिन्नमस्ता अस्पतालमा मंगलबार राति मृत्यु भएका डाक्नेश्वरी नगरपालिका-९ पत्थरगाढाका ७१ वर्षीय मंगल खंग र राजगढ गाउँपालिका-६ कुरनवा टोलका ८५ वर्षीय बच्चालाल सुतिहारको बुधबार स्वाब संकलन गरेको थियो ।  

खंग र सुतिहारको रिपोर्ट भने नेगेटिभ आएको छ। उनीहरु दुबै जना लामो समयदेखि घरमै बिरामी अवस्थामा थिए।  
  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.