पर्सामा एकैदिन १३४ जना कोरोना संक्रमित थपिए

पर्सामा एकैदिन १३४ जना कोरोना संक्रमित थपिए

वीरगन्ज : पर्सामा एकैदिन १ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।पर्सामा एकै दिन यति धेरै संख्यामा नयाँ संक्रमित थपिएको यो नै सबैभन्दा बढी हो। 

वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा शुक्रबार बिहान गरिएको परीक्षणमा पर्साका १३४ जनामा संक्रमण पुष्टि भएको हो। प्रहरी हिरासतमा रहेका थुनुवा, नेपाल प्रहरी, नेपाली सेना, चिकित्सक गरी थप १४२ जनामा संक्रमण पुष्टि भएकोमा तीमध्ये पर्साका मात्रै १३४ जना रहेको अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले जानकारी दिए। बाँकी ८ जनामध्ये बारा र रौतहटका ४/४ जना हुन्।

शुक्रबार बिहान संक्रमण पुष्टि भएकामध्ये सबैभन्दा बढी ४३ जना थुनुवा छन्। पर्साकी प्रहरी उपरिक्षक पन्तले ४३ जना थुनुवा र १ जना प्रहरीमा संक्रमण भेटिएको जानकारी दिइन्।  

यस्तै वीरगन्जस्थित चण्डी प्रसाद गणमा कार्यरत ५ जना सेना र ५ जना डाक्टरमा पनि संक्रमण पुष्टि भएको छ। वीरगन्ज महानगरपालिका - २५ खल्वा सिर्सियाका २७ जना , वीरगन्ज १० का ११ जना , वीरगन्ज १३ का ४ जनामा पनि संक्रमण भेटिएको हो। योसंगै पर्सामा साउन यता मात्रै ७३३ जना संक्रमित थपिएका छन्। 

पर्सामा अहिलेसम्म कूल संक्रमितको संख्या ८९६ पुगेको जिल्ला स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी दिए। पर्सामा कोरोना संक्रमणका कारण अहिलेसम्म १९ जनाको मृत्यु भइसकेको छ। साउनमा मात्रै पर्सामा १५ जनाको मृत्यु भएको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.