कोरोनाले वीरगन्जमा थप एकको मृत्यु

कोरोनाले वीरगन्जमा थप एकको मृत्यु

वीरगन्ज : वीरगन्जमा शुक्रबार कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ। 

वीरगन्ज महानगरपालिका–३ छपकैयाका ६५ वर्षीय पुरुषको गण्डकस्थित अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको हो । 

कोभिड अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएका ६५ वर्षीया पुरुषको शुक्रबार साँझ पीसीआर रिपोर्ट पोजेटिभ आएको कोभिड अस्पतालका डाक्टर उदय नारायण सिंहले जानकारी दिए ।

शुक्रबार बिहान मृत्यु भएपछि ती पुरुषको स्वाब संकलन गरेर पीसीआर जाँचका लागि नारायणी अस्पतालमा पठाइएको थियो । 
वडा अध्यक्ष बैजुलाल स्वर्णका कारण अनुसार दमका रोगी ती पुरुषमा बिहीबार साँझ अचानक ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि एडभान्स अस्पताल लगिएको थियो । 

एडभान्स अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई नेशनल मेडिकल कलेजमा लगिएको थियो । 

नेशनल मेडिकल कलेजले भर्ना गर्न नमानेपछि उनलाई बिहीबार साँझ गण्डकस्थित कोभिड अस्पतालमा लगेर भर्ना गरिएको र उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको स्वर्णकारले बताए । 

योसँगै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ । साउनमा मात्रै पर्सामा १६ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ७१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने ७० को मात्र मृत्यु भएको औपचारिक पुष्टि गरेको छ । नेपालमा संक्रमितको संख्या भने २२ हजार नाघेको छ ।   


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.