उपचार नपाएर बिरामी मर्न थालेपछि प्रदर्शन : नारायणी अस्पतालमा तोडफोड

उपचार नपाएर बिरामी मर्न थालेपछि प्रदर्शन : नारायणी अस्पतालमा तोडफोड

वीरगन्ज : वीरगन्जमा उपचार नपाएर दिनहुँ बिरामीहरुको ज्यान गएको भन्दै आइतबार प्रदर्शनमा उत्रिएका सर्वसाधरणले नारायणी अस्पतालमा तोडफोड गरेका छन्। वीरगन्जमा पछिल्लो २ दिनमा अस्पतालले भर्ना नलिएका कारण उपचार नपाएर ३ जनाको मृत्यु भएको छ। त्यसैको आक्रोशमा आइतबार प्रदर्शनमा उत्रिएका मृतकका आफन्त र स्थानीयले नारायणी अस्पतालमा तोडफोड गरेका हुन्। 

प्रदर्शनकारीले अस्पताल परिसरमा रहेको डाक्टर उदयनाराण सिंहको निजी कारमा पनि तोडफोड गरेका छन्। प्रदर्शनकारीले अस्पताल परिसरभित्रै पसेर डाक्टर सिंहको कारका साथै आकस्मिक उपचार कक्षभित्र पनि तोडफोड गरेक छन्। अस्पताल परिसरमा रहेको सेनिटाइजर बुथ, आकस्मिक उपचार कक्षको बेड, पंखा र शौचालयमा पनि तोडफोड गरी क्षति पुर्‍याइएको अस्पतालका मेसु डाक्टर मदन उपाध्ययले जानकारी दिए। 

प्रदर्शनकारीले अस्पतालमा तोडफोड गर्न थालेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन लाठी चार्ज गरेको थियो। उपचार नगरी अस्पतालको गेट बाहिरबाटै फर्काएर बिरामीको ज्यान लिने अस्पताल र चिकित्सकलाई कार्वाहीको माग गर्दै प्रदर्शनमा उत्रिएको वीरगन्ज २ छपकैयाका मुस्तुफा अन्सारीले बताए। 'मेरै टोलकी २० वर्षीया नानी बिरामी हुँदा ७ भन्दा बढी अस्पताल चहार्यौं तर कुनैले भर्ना लिएनन्, अकालमै उनको ज्यान गयो', अन्सारीले भने,‘हामीलाई यस्ता ज्यानमारा अस्पताल र डाक्टर चाहिंदैन, उपचार नपाएर मरेकी नानीले न्याय पाउनु पर्छ अन्यथा अझ कडा आन्दोलनमा उत्रिन्छौं।' 

वीरगन्जमा रहेको एक मात्र सरकारी अस्पताल नारायणी अस्पताललाई सरकारले कोभिड अस्पताल बनाएपछि त्यहाँ १२ दिनदेखि आकस्मिकबाहेकका अन्य उपचार सेवा बन्द छ। वीरगन्जमा एउटा मेडिकल कलेजका साथै १५ भन्दा बढी सुविधासम्पन्न निजी अस्पताल छन्। तीमध्ये वीरगन्ज हेल्थ केयर र गण्डक अस्पताल कोभिड अस्पतालका रुपमा सन्चालनमा छन्। 

अन्य निजी अस्पताल र मेडिकल कलेजले भने कोरोना संक्रमण पुष्टि नभएका बिरामीलाई पनि भर्ना नलिइ गेटबाटै फर्काइ दिने गरेका छन्। जसका कारण वीरगन्जमा उपचार नपाएर दिनहुँ बिरामीहरुको मृत्यु भइरहेको छ। कोरोना संक्रमण नभएका अन्य रोगका बिरामी उपचार नपाएर दिनहुँ मृत्यु भइ रहँदा पनि स्थानीय प्रशासनले भर्ना नलिने निजी अस्पताल र मेडिकल कलेजविरुद्ध अहिलेसम्म कुनै कार्वाही प्रकृया थालेको छैन। त्यसैको आक्रोशमा आइतबार नारायणी अस्पतालमा मृतकका आफन्त र स्थानीयले प्रदर्शन गर्दै तोडफोड गरेका हुन्।

प्रदर्शनको क्रममा गाडी तोडफोडमा संलग्न रहेको आरोपमा प्रहरीले वीरगञ्ज-२ छपकैयाका २० वर्षीय शेख माजिललाई पक्राउ गरेको छ। उनलाई वडा प्रहरी कार्यालय विर्तामा राखेर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.