डडेल्धुरा अस्पताल प्रयोगशालामा १२ जनामा कोरोना संक्रमण पुष्टि
डडेल्धुरा : डडेल्धुरा अस्पतालमा गरिएको कोरोना परीक्षणमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १२ जनामा कोरोना पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा १०५ नमुना परीक्षण गरिएको र १२ जनाको रिपोर्ट पोजिटिभ र ९३ जनाको नेगेटिभ आएको डडेल्धुरा अस्पतालले जनाएको छ । आइतबार डोटीका ८, डडेल्धुराका ३ र बैतडीका १ जनामा संक्रमण पुष्टि भएको डडेल्धुरा अस्पतालले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।
डोटीको जोरायल गाउँपालिकाका २६ र ३६ वर्षीय पुरुष तथा २ वर्षीया बालिका र २० वर्षीय महिलामा कोरोना संक्रमण देखिएको छ । डोटीकै केआइसिंह गाउँपालिकाका २१, २४, ३० र ४८ वर्षीय पुरुष गरि डोटीका ८ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै डडेल्धुराको नवदुर्गा गाउँपालिकाका ८ वर्षीय बालक, २६ वर्षीय पुरुष र ४० वर्षीया महिला गरी ३ जनामा कोरोना संक्रमण देखिएको हो । बैतडीको पाटन नगरपालिका-३ का ११ वर्षीय बालिकामा पनि संक्रमण देखिएको छ । डडेल्धुरा अस्पतालका प्रयोगशालाका प्रमुख ईश्वरी भुसालका अनुसार जम्मा १२ जनामा कोरोना देखिएको जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस !