ट्रयाक्टरको ठक्करले युवकको मृत्यु

ट्रयाक्टरको ठक्करले युवकको मृत्यु

राजविराज : ट्रयाक्टरको ठक्करले सोमबार राति सप्तरीको राजविराजमा एक मोटरसाइकल चालकको मृत्यु भएको छ। राजविराज नगरपालिका–११ झलहीको नहर चोकस्थित राजविराज–हनुमाननगर सडकखण्डमा भएको दुर्घटनामा स.८ प ४४७६ नम्बरको मोटरसाइकल चालक हनुमाननगर कंकालिनी नगरपालिका–४ गंगापुरका मो. कासिमको छोरा १९ वर्षीय फारुकको मृत्यु भएको प्रहरीले जनाएको छ। 

प्रत्यक्षदर्शीका अनुसार एक ट्रयाक्टरको ठक्करले मोटरसाइकल चालकको मृत्यु भएको बताए। प्रहरीले अनुसन्धानका लागि शंकास्पद दुई वटा ट्रयाक्टरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी तिलक भारतीले बताए। शवलाई पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पुर्‍याइएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.