वीपी प्रतिष्ठानका उपकुलपतीको कार्यकक्षमा ताला

वीपी प्रतिष्ठानका उपकुलपतीको कार्यकक्षमा ताला

धरान : सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान धरानमा मंगलबार तालाबन्दी गरिएको छ। धरानका कोरोना संक्रमितलाई उपचारका लागि भर्ना नगरिएको भन्दै नेपाल तरुण दल र नेविसंघका कार्यकर्ताहरुले उपकुलपती डा. ज्ञानेन्द्र गिरीको कार्यकक्षमा मंगलवार तालावन्दी गरेका हुन्।

लकडाउनकै समयमा प्रधानमन्त्री केपी ओलीले नियुक्त गरेका प्रतिष्ठानका उपकुलपती गिरीले विरामीको उपचारमा बेवास्था गरेको प्रतिष्ठान सुर्धान पहल नगरेका कारण तालाबन्दी गर्नु परेको तरुण दल धरानका अध्यक्ष हिमाल राईले बताए। तालाबन्दी गर्न प्रतिष्ठान पुगेका आन्दोलनकारीहरुले तत्काल प्रतिष्ठानमा कोभिड अस्पताल संचालन गर्न र भर्नाहुन बाट बञ्चित भएका कोरोना संक्रमितलाई भर्ना गरी उपचार गर्न माग गरेका छन्। उनीहरुले डा गिरीविरुद्ध नारावाजी समेत गरेका थिए।

तरुण दल जिल्ला सदस्य सम्पूर्ण ताम्राकारले प्रतिष्ठानका उपकुलपती कोरोना संक्रमितको उपचार व्यबस्थापन गर्न छाडेर दुई दर्जन चिकित्सक लिएर काठमाडौं गएका कारण उनको कार्यकक्षमा तालावन्दी गरिएको बताए। तालावन्दी गरिएको विषयमा डा गिरी संग फोन सम्पर्क गर्दा उनले फोन उठाएनन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.