नारायणी अस्पतालका ३५० स्वास्थ्यकर्मी र कर्मचारीद्वारा सामुहिक राजीनामा

नारायणी अस्पतालका ३५० स्वास्थ्यकर्मी र कर्मचारीद्वारा सामुहिक राजीनामा

वीरगन्ज : वीरगन्जको नारायणी अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीले सामुहिक रुपमा राजीनामा दिएका छन्।  सुरक्षाको माग गर्दै अस्पतालका ३ सय ५० भन्दा बढी स्वास्थ्यकर्मी र कर्मचारीले सामुहिक राजीनामा दिएका हुन्।

कारोना संक्रमितको उपचारमा २४ सै घण्टा खट्दै आएका चिकित्सक, नर्स र स्वास्थ्यकर्मी र अस्पतालमाथि आक्रमण गर्ने कार्य भएपछि सुरक्षाको माग गर्दै सामुहिक राजीनामा दिन बाध्य भएको अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले बताए। 

राजीनामा दिएपनि स्वास्थ्यकर्मीहरुले कोरोना संक्रमितको उपचार सेवा भने दिइरहेको मेसु उपाध्यायले जानकारी दिए। प्रमुख जिल्ला अधिकारीलाइ राजीनामा बुझाएका छौँ, उपाध्यायले भने ,‘तर राजीनामा स्वीकृत भने भएको छैन, अर्को वैकल्पिक व्यवस्था नभएसम्म स्वास्थ्यकर्मीहरुले सेवा दिइरहेका छन्।' 

कोरोना विरुद्धको लडाईमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीको सुरक्षा हुनुपर्ने, अस्पतालमा तोडफोड गर्नेलाई कार्वाही हुनुपर्ने र सरकारबाट थप दक्ष जनशक्तिको व्यवस्था गर्नुपर्ने माग राखेर सामुहिक राजीनामा दिएको मेसु उपाध्यायले बताए। 
साउन २४ गते वीरगन्ज २ छपकैयाकी २० वर्षिया युवतीको वीरगन्जका आधा दर्जन अस्पताल डुलाउँदा पनि कसैले भर्ना नलिदा उपचार नपाएर उनको मृत्यु भएको थियो। 
त्यसैको आक्रोशमा मृतकका आफन्त र स्थानीयले साउन २५ गते नारायणी अस्पतालमा प्रदर्शन गर्ने क्रममा अस्पताल भित्र तोडफोड गर्नुका साथै डाक्टर उदय नारायण सिंहको निजी कारको सिसा फुटाएका थिए। उनीहरुले अस्पतालका मेसु उपाध्याय र डाक्टरविरुद्ध नाराबाजी पनि गरेका थिए।  

घटना भएकै दिन साँझ अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीले मेसु उपाध्यायलाई भेटेर काम गर्न सक्ने अवस्था नभएको भन्दै राजीनामा बुझाएका थिए। अस्पतालका ५१ जना स्वास्थ्यकर्मी र कर्मचारी संक्रमित भएकाले  उनीहरुले वीरगन्जमा नेपाल सरकारबाट थप जनशक्ति पठाइ दिन पनि माग गरेका थिए।  

स्वास्थ्यकर्मी र कर्मचारीको राजीनामा साउन २५ गते नै प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको मेसु उपाध्यायले जानकारी दिए। सरकारलाई दबाब होस् भनेर राजीनामा दिएका हौं , यो हाम्रो सांकेतिक दबाब हो , उपाध्यायले भने ,‘सरकारले अर्को वैकल्पिक व्यवस्था नगरेसम्म हामी हाम्रो कामबाट रत्तिभर पछाडि हट्दैँनौ।'  

एक महिनादेखि केन्द्र, प्रदेश र स्थानीय गरी तीन वटै तहको सरकारसँग नारायणी अस्पतालले थप जनशक्ति तथा आवश्यक सुरक्षा सामाग्री उपलब्ध गराउन आग्रह गरेपनि हालसम्म सनुवाइ नभएको अस्पतालका चिकित्सक डाक्टर उदय नारायण सिंहले बताए। उनले भने ,‘एक त सरकारले हाम्रो पिडा सुनेको छैन उल्टै स्वास्थ्यकर्मी माथि आक्रमण भएको छ, काम गर्ने सुरक्षित वातावरण नभएपछि सामुहिक राजीनामा दिएका हौँ।'

साउन २५ गते अस्पतालमा भएको प्रदर्शन र तोडफोडको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले वडा नम्बर २ का वडा सदस्य मुस्तफा अन्सारीसहित ३ जनालाई नियन्त्रणमा लिएर मुद्धा चलाएको छ। 
यसैबीच नारायणी अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीले सामुहिक राजीनामा दिएको खबर सार्वजनिक भएपछि सामाजिक सन्जालमा यसको चर्को आलोचना भएको छ। कोरोनाको महामारीले वीरगन्ज अक्रान्त भएका बेला अस्पतालका स्वासथ्यकर्मी र कर्मचारीहरु बहाना बनाएर आफ्नो जिम्मेवारीबाट पन्छिन खोजेको आरोप छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.