समुदायमा कोरोना देखिएपछि सिन्धुली सदरमुकाम एक साताका लागि 'लकडाउन'

समुदायमा कोरोना देखिएपछि सिन्धुली सदरमुकाम एक साताका लागि 'लकडाउन'

सिन्धुली : सिन्धुली जिल्ला सदरमुकामस्थित कमलामाई नगरपालिका एक साताका लागि लकडाउन गरिएको छ । समुदाय स्तरमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण फैलिएको आशंकामा सदरमुकामलगायत नगरका सबै नाका बन्द गर्ने गरी लकडाउन गरिएको हो । 

कमलामाई नगरपालिकाले गएको मंगलबार राती १२ बजेबाट लकडाउन गराएको हो । सिन्धुली सदरमुकाममा शनिबार र आइतबार हालसम्मकै धेरै ९ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकामा सोमबार बसेको सर्वपक्षीय बैठकले मंगलबार राती १२ बजेदेखि लकडाउन गरिएको कमलामाई नगरपालिका नगरप्रमुख खड्ग बहादुर खत्रीले बताए । 

नगर क्षेत्रका मुख्य राजमार्ग बाहेकका सबै सिमानाका सडकहरु पूर्णरुपमा बन्द गरिएको छ ।'विपी राजमार्गमा संचालन हुने अत्यावश्यकीय सवारी साधनमा पनि नगरपालिका क्षेत्रभित्र रोक्न, यात्रु चढाउन र ओराल्नका साथै होटल समेत प्रयोग गर्न रोकलगाइएको छ,' उनले भने । 

पछिल्लो समय समुदायस्तरमै संक्रमणको जोखिम बढ्नुका साथै अन्य क्षेत्रबाट आउजाउ गर्नेहरुका कारण कोरोना संक्रमण बढ्ने जोखिम बढेपछि लकडाउन गरिएको प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले स्पष्ट पारे । उनले भने, 'जिल्ला सदरमुकाम रहेको नगरपालिका भित्र अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द गरी लकडाउन सुरु गरिएको हो ।'

नगर क्षेत्र लकडाउन गरिएपछि जिल्ला सदरमुकाम बुधबार बिहानैदेखि सुनसान छ । बजारका मुख्य चोक र सडकमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र नगर प्रहरी परिचालन गरिएको छ । 

पैदल यात्रमा समेत कडाइ गरिएको छ भने नगर क्षेत्रभर अत्यावश्यकीय सेवा बाहेक सबै सरकारी गैह्रसरकारी क्षेत्रहरु, भिडभाड हुने बजारहरु, यातायात लगाएतका सबै सेवाहरु बन्द छन् ।

उता कोरोना संक्रमण बढेपछि सिन्धुली अस्पतालमा इमरजेन्सी र प्रसुती बाहेकका सवै सेवाहरु वन्द गरिएको छ । हालसम्म सिन्धुलीमा १५ सय २२ जनाको पिसिआर परिक्षणमा १९ जनमा कोरोना भाईरस पोजेटिभ देखिएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.