चार दिनदेखि मोदी गाउँपालिका अन्धकार

चार दिनदेखि मोदी गाउँपालिका अन्धकार

कुश्मा : विद्युत उत्पादन गृहमा जडित ट्रान्सफर्मरमा आएको खराबीका कारण पर्वतको मोदी गाउँपालिका विगत चार दिनदेखि अन्धकारमय बनेको छ। १४.८ मेगावाट क्षमताको मोदीखोला जलविद्युत केन्द्रमा जडित स्थानीय स्तरमा वितरण गर्ने ट्रान्सफर्ममा खराबी आएपछि विद्युत सेवा अवरुद्ध बनेको हो।

मोदी गाउँपालिकाका ८ वटा वडा र कुश्मा नगरपालिकाको वडा नं. १४ आर्थर डाँडाखर्कमा वितरित विद्युत प्रशारण लाईनको ट्रान्सफर्मर जलेका कारण गत आइतवारदेखि विद्युत सेवा ठप्प बनेको छ। स्थानीय स्तरमा वितरण गर्नका लागि उत्पादन गृहमा जडित ३ एमविए क्षमताको ट्रान्सफर्मरमा खराबी आएको मोदीखोला जलविद्युत केन्द्रका प्रमुख पवन बस्नेतले जानकारी दिए। उनका अनुसार ट्रान्सफर्मर पुरानो हुँदा पटक पटक समस्या आउने गरेको छ।

बस्नेतका अनुसार १५ एमविए क्षमताका दुई वटा मेन ट्रान्सफर्मर भने नियमित रुपमा सुचारु भएका छन्। केन्द्रीय प्रशारण लाईनमा जडित विद्युतमा कुनै समस्या नभएपनि प्रभावित क्षेत्रका बासिन्दाका लागि वितरण गरिएको ३३/११ केविएको प्रशारण लाईमा समस्या आएको बस्नेतले बताए। केन्द्र प्रमुख बस्नेतले भने ‘खराबी आएको ट्रान्सफर्मर मर्मतका लागि आयोजनाकै प्राविधिक र पोखराबाट समेत प्राविधिक मगाएर प्रयास गर्‍यौ’ सम्भव नभएपछि नयाँ ट्रान्सफर्मर जडान गर्नका लागि पहल भइरहेको छ।’

छिमेकी जिल्ला बागलुङ वितरण केन्द्रमा रहेको ३ एमविए क्षमताको ट्रान्सफर्मर ल्याएर जडान गर्ने प्रयास भइरहेको बताउँदै केन्द्र प्रमुख बस्नेतले कम्तीमा बिहीबार बेलुकासम्मबाट विद्युत सेवा सुचारु हुने जानकारी दिए। ‘नयाँ जडान गर्ने ट्रान्सफर्ममा कुनै समस्या नभएमा बिहीवार साँझ सम्म विद्युत लाईन सुचारु हुन्छ, अन्यथा केहि दिन लाग्न सक्छ’बस्नेतले भने।

नेपाल विद्युत प्राधिकरण पर्वत वितरण केन्द्रका प्रमुख ललितनाराण झाले अवरुद्ध विद्युत सेवा सुचारु गर्नका लागि पहल भइरहेको बताए। तीन दिनदेखि विद्युत सेवा अवरुद्ध हुँदा २ हजार ५ सय भन्दा बढि ग्राहकहरु अन्धकारमा बस्न बाध्य भएको बताए। उनले जतिसक्दो छिटो उपभोक्ताहरलाई विद्युत लाईन दिनेगरी नयाँ ट्रान्सफर्मर परिवर्तन गर्नका लागि प्राविधिकहरुलाई परिचालन गरिएको बताए। जलविद्युत केन्द्रको काम भए पनि आफ्ना ग्राहकहरु समस्यामा परेकाले आफै सक्रिय भएर लागेको झाले बताए।

जिल्लामै जगेडा ट्रान्सफर्मर नहुँदा समय लागेको बताउँदै उनले बिहीवार सम्म विद्युत सेवा सुचारु हुने दावी गरे। लामो समयसम्म विद्युत सेवा कटौती भएको भन्दै मोदी गाउँपालिकाका बासिन्दाहरु असन्तुष्ट बनेका छन्। उनीहरुले तत्काल मर्मत गर्नसमेत माग गरेका छन्। विद्युत सेवा अवरुद्ध हुँदा दुग्ध डेरी, फर्निचर उद्योग, कुखुरा फार्मलगायत विभिन्न साना उद्योगहरु प्रभावित बनेको मोदी गाउँपालिका-६ का अध्यक्ष विमल लामिछानेले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.