सुदूरपश्चिममा थप ३ प्रहरीसहित १० जनामा कोरोना संक्रमण, एकको मृत्यु

सुदूरपश्चिममा थप ३ प्रहरीसहित १० जनामा कोरोना संक्रमण, एकको मृत्यु

धनगढी : सुदूरपश्चिममा नेपाल प्रहरीका १६ जनालाई कोरोना संक्रमण देखिएको छ । बिहीबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत थप तीनजना प्रहरीमा कोरोना पुष्टि भएसँगै कोरोनाबाट संक्रमित हुने प्रहरीको संख्या १६ पुगेको हो । 

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले संक्रमित हुने प्रहरीमा ४२ वर्षका दुईजना र ४४ वर्षका एकजना रहेको बताए । कैलाली प्रहरी प्रवक्ता डीएसपी प्रतिक विष्टले २० जना प्रहरीको परीक्षण गरिएकोमा तीनजनामा कोरोना संक्रमण देखिएको बताए ।

कोरोना संक्रमण देखिएका तीनैजनालाई आइसोलेसनमा राखिएको डीएसपी विष्टले जानकारी दिए ।सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआइजी उत्तमराज सुबेदीले सुदूरपश्चिमका विभिन्न जिल्लामा गरी कोरोनाबाट संक्रमित हुने प्रहरीको संख्या १६ पुगेको  बताए । 

उनका अनुसार हालसम्म संक्रमित हुनेमा बाजुराका ६, कञ्चनपुरका ५, कैलालीमा तीन र अछामका दुई गरी १६ जना रहेका छन् । संक्रमितमध्ये २ जना कोरोना निको भएर फर्किसकेका छन् । यस्तै तीन प्रहरीबाहेक अन्य ७ जनामा कोरोना संक्रमण देखिएको छ । धनगढी र डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा बिहीबार १० जनामा संक्रमण देखिएको हो ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा चार सय ७९ जनाको कोरोना परीक्षण गरिएकोमा ६ महिला र दुई पुरुष गरी ८ जनामा संक्रमण संक्रमण देखिएको हो भने डडेल्धुरा अस्पतालको प्रयोगशालामा तीन सय ५२ जनाको परीक्षण गरिएकोमा दुई जनामा संक्रमण देखिएको हो ।

योसँगै सुदूरपश्चिममा कोरोनाबाट संक्रमित हुनेको संख्या चार हजार ९ सय ६९ पुगेको छ । यसमध्ये सबै भन्दाबढी कैलालीमा एक हजार दुई सय ८५ जनामा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

यसैगरी, डोटीमा सात सय ९५, अछाममा सात सय ३३, बाजुरामा ६ सय २२ र कञ्चनपुरमा ५ सय ८०, डडेल्धुरामा तीन सय १२, बैतडीमा तीन सय एक, बझाङमा दुई सय ९६ र दार्चुलाका ४५ जना रहेका छन् । संक्रमितमध्ये चार हजार ८३ जना डिस्चार्ज भएका छन् भने १० जनाको मृत्यु भएको छ ।

यस्तै बिहीबार मात्र एकजना संक्रमितको मृत्यु भएको । अछामको रामारोशन गाउँपालिका ५ का १८ वर्षीय युवकको कोरोनाबाट मृत्यु भएको हो। उनको साउन २८ गते ललितपुरको पाटन अस्पतालमा मृत्यु भएको थियो। उनी मुटु रोगी थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.