कोरोनाले वीरगन्जमा बिहीबार दुईको मृत्यु

कोरोनाले वीरगन्जमा बिहीबार दुईको मृत्यु

वीरगन्ज : वीरगन्जको नारायणी अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएका दुई पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।  कोरोना संक्रमण पुष्टि भएका मृतक दुवै बाराका हुन् । 

बाराको प्रसौनी गाउँपालिका–२ प्रसौनी टोलका ६५ वर्षीय दिनेशप्रसाद कलवारको नारायणी अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान साढे ८ बजे मृत्यु भएको हो।

४/५ दिनदेखि ज्वरो र खोकीको समस्याले ग्रसित कलवारलाई बुधबार राति दमका कारण श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि नारायणी अस्पतालमा ल्याएर भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको बिहीबार बिहान साढे ८ बजे मृत्यु भएपछि स्वाब संकलन गरिएको थियो ।

बिहीबार दिउँसो १२ बजे प्रयोगशालाबाट प्राप्त रिपोर्टमा उनमा कोरोना पोजिटिभ देखिएको अस्पतालका चिकित्सक डाक्टर उदय नारायण सिंहले जानकारी दिए । 

यस्तै नारायणी अस्पतालमै उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएका बाराको जितपुरसिमरा उपमहानगरपालिका–४ सिमराका ५० वर्षीय शेख समिमुल हकमा पनि कोरोना संक्रमण पुष्टि भएको डाक्टर सिंहले बताए । 

ज्वरो र खोकी लागेका हकलाई बुधबार दिउँसो उपचारका लागि वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा लगेर भर्ना गरिएको थियो । तर त्यहा स्वास्थ्यमा सुधार नभएपछि मेडिकल कलेजले नारायणी अस्पतालमा रेफर गरेको थियो । 

स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि बुधबार साँझ ६ बजे उनलाई अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको र बिहीबार बिहान उनको मृत्यु भएको डाक्टर सिंहले जानकारी दिए ।

मृत्यु पश्चात स्वाब संकलन गरि पीसीआर जाँच गर्दा उनको पनि रिपोर्ट पोजेटिभ आएको डाक्टर सिंहले बताए । योसँगै वीरगन्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २५ पुगेको छ । साउनमा मात्रै २१ जनाको मृत्यु भएको हो  । 

वीरगन्जमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएका २५ मध्ये पर्साका १८, बाराका ५, रौतहटका १ हुन् । जेठ ३१ गते वीरगन्जको घण्टाघरमा वेवारिसे मृत भेटिएका एक संक्रमित युवकको भने हालसम्म पहिचान हुन् सकेको छैन । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.