सरकारले नसुनेको जुगलबासीको त्यो गुहार : अकालमै लिदीबासीले ज्यान गुमाए

सरकारले नसुनेको जुगलबासीको त्यो गुहार : अकालमै लिदीबासीले ज्यान गुमाए

काठमाडौं : सम्भावित घटनाबाट जोगिन सिन्धुपाल्चोकस्थित जुगल गाउँपालिका-२ का स्थानीयले समयमै जानकारी गराउँदा सरकारको वेवास्थाका कारण लिदीमा थुप्रैको ज्यान गएको छ। लिदीमा शुक्रबार विहान साढे ६ बजे गएको पहिरोले ३५ घर बगाएको छ भने ३८ जना बेपत्ता छन्। यो समाचार तयार पार्दासम्म बेपत्तामध्ये ११ जनाको शव निकालिएको छ।

बस्ती जोखिममा रहेको भन्दै सो गाउँपालिका ८ जनाले साउन २२ जिल्ला विपद व्यवस्थापन समिति सिन्धुपाल्चोकमा जोखिमयुक्त बस्तीको अध्ययन गरी आवश्यक प्रक्रिया अगाडि बढाइदिन अनुरोध गरेका थिए।

‘साविक गोल्चे गाविस वडा १, २, ३, ४ र ५ हालको जुगल गाउँपालिका वडा नम्बर २ मा अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण हाम्रो बस्ती अत्यन्तै जोखिममा रहेको छ’, पत्रमा भनिएको छ।

उनीहरुले ३६ मेघावाटको बलेफी ए हाइड्रोपावरको सुरुङ निर्माणका क्रममा ब्लाष्टिङ लगायतका विस्फोटक कार्यका कारण बस्ती नै हल्लिएको बताएका थिए। अविरल वर्षाको कारण पहिरोमा रुपान्तरित भएर नाम्फा, सन्नगाउँ, लिदी, झल्के, निम्लुङ, बैगाड टोल समेतका ५०० भन्दा बढी घर जोखिममा रहेकाले बस्ती नै अन्यत्र सार्नुपर्ने भन्दै सरकारलाई भनेका थिए।

सो भेगका स्थानीयले सरकारलाई झकझकाएको यो पहिलो पटक भने होइन।  १ वर्ष अघि तत्कालीन विपद व्यवस्थापन समितिकी संयोजक गोमादेवी चेमजोङलाई पनि ध्यानाकर्षण गरेका थिए। जोखिममा रहेको बस्ती त्यतिबेला अध्ययन गर्ने बताइए पनि हालसम्म कुनै अध्ययन भएको छैन्। त्यसो त २०७२ वैशाख १२ गतेको भूकम्पपछि भूगर्वविद सो ठाउँलाई उच्च जोखिममा उल्लेख गरेका थिए।

साउन २२ गते नै जुगल गाउँपालिकाले जिल्ला विपद व्यवस्थापन समितिलाई वडा नम्बर २ मा रहेको सानो नाम्फाका २९ घर, नाम्फा/सुकुलीको १६० घरधुरी, लिदीका १७० घरधुरी, सञ्चगाउँ/झुल्केका १०७ घरधुरी र निम्लुङ/बैगाडका २० घरधुरी जोखिममा रहेको भन्दै आवश्यक अध्ययन गरिदिन पत्र पठाएको थियो। लगत्तै जिल्ला प्रशासन कार्यालयले आन्तरिक मामिला तथा कानुन मन्त्रालय विपद व्यवस्थापन निर्देशक समितिलाई साउन २३ गते नै पत्र पठाएर अध्ययन गर्न अनुरोध गरेको थियो। सोही दिन प्रशासनले भू तथा जलाधार व्यवस्थापन कार्यालयल सिन्धुपाल्चोकलाई पनि पत्राचार गरेको थियो।

प्रधानमन्त्री तथा मन्‍त्रिपरिषदको कार्यालय, सभामुखको सचिवालय, बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, राष्ट्रिय पुननिर्माण प्राधिकरण काठमाडौं, राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला कार्यालय सिन्धुपाल्चोक, विद्युत विकास विभाग काठमाडौं र बागमती प्रदेश सदस्य सुरेश नेपाललाई बोर्धाथ पठाएका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.