कोरोनाले रौतहटका एक युवकको मृत्यु

कोरोनाले रौतहटका एक युवकको मृत्यु

वीरगन्ज : वीरगन्जको नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ। 

नारायणी अस्पतालमा उपचारका क्रममा रौतहटको गौर नगरपालिका–१ का ३५ वर्षीय युवकको शनिबार राति ८ बजे मृत्यु भएको थियो। 

मृत्युपछि उनको स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि नारायणीकै प्रयोगशालामा पठाइएको थियो। प्रयोशगशालाबाट आइतबार अपराह्न ४ बजे प्राप्त रिपोर्टमा ती युवकको पीसीआर रिपोर्ट पोजिटिभ देखिएको अस्पतालका चिकित्सक डाक्टर उदय नारायण सिंहले जानकारी दिए।

दमको समस्या भएपछि युवकलाई आफन्तले गौरबाट शनिबार अपरान्ह ४ बजे नारायणी अस्पतालमा ल्याएर भर्ना गराएका थिए। उपचारका क्रममा उनको शनिबार राति ८ बजे उनको मृत्यु भएको थियो।  

योसँगै वीरगन्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २८ पुगेको छ। साउनमा मात्रै २४ जनाको मृत्यु भएको हो। 

वीरगन्जमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएका २८ मध्ये पर्साका २०, बाराका ५ र रौतहटका २ हुन्। जेठ ३१ गते वीरगन्जको घण्टाघरमा मृत भेटिएका एक संक्रमित युवकको भने हालसम्म पहिचान खुल्न सकेको छैन। 
  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.