गोरखामा एकसातासम्म निषेधाज्ञा

गोरखामा एकसातासम्म निषेधाज्ञा

गोरखा : जिल्ला प्रशासन कार्यालय गोरखाले एकसाताका लागि निषेधाज्ञा आह्वान गरेको छ। कोरोना संक्रमण रोकथाम, न्यूनिकरण तथा नियन्त्रण गर्ने उद्देश्यका साथ निषेधाज्ञा आह्वान गरिएको जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ।

‘कोभिड १९ को संक्रमण बढ्दै गइरहेको सन्दर्भमा जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै यो रोग रोकथाम तथा नियन्त्रणका लागि तत्काल थप सतर्कता अपनाई नेपाल सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाको मापदण्डलाई कडाइका साथ पालना गर्न भदौ १ गते बिहान ६ बजेदेखि सात गर्ते राति १२ बजेसम्मका लागि जिल्लाभर लागु हुने गरी निषेधाज्ञा लागु गरिएको छ’, सूचनामा भनिएको छ। 
निषेधाज्ञा आदेशको अवज्ञा गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुने व्यहोरा पनि सूचनामा उल्लेख छ।

निषेधाज्ञा अवधिभर निजी तथा सार्वजनिक सवारी साधन चलाउन नपाउने उल्लेख छ। त्यस्तै बैंक तथा वित्तीय संस्था, सामाजिक संघसंस्था पनि सञ्चालन गर्न नपाउने निषेधाज्ञा आदेशमा उल्लेख छ। 

त्यस्तै होटल, रेष्टुरेण्ट, ब्यूटिपार्लर, सैलुन, जीपखाना, कपडा पसल, हार्डवायर पसल, सुनचाँदी, टेलरिङ, फुटपाथ पसल पनि सञ्चालनमा निषेध गरिएको छ।

त्यस्तै अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन पनि निषेधाज्ञामा उल्लेख गरिएको छ। अत्यावश्यक काम परेर निस्कनै परेमा मास्क लगाउनु पर्ने, व्यक्तिगत दूरी कायम गर्नुपर्ने, खेलमैदान, सडक, चोक, धार्मिक, सांस्कृतिक स्थलहरुमा भेला हुन नपाउने पनि सूचनामा उल्लेख छ।

कफ्र्यू अवधिमा पनि केही अत्यावश्यक सेवालाई भने खुला गरिएको सूचनामा उल्लेख छ। एम्बुलेन्स, शव बाहन, औषधि बोक्ने बाहन, खाद्यान्न, तरकारी तथा फलफूल बोकेको सवारी साधन, पानी, दूध, पेट्रोल ट्याङ्कर, चल्ला तथा माछाका भुरा तथा तिनका लागि दाना बोक्ने सवारी साधन, सरकारी प्लेटको सवारी साधन, झण्डाबाहक, कूटनीतिक नियोगका सवारी साधन, सञ्चारकर्मी र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका सवारी साधन चल्न पाउने व्यवस्था छ।

त्यस्तै स्वास्थ्य सेवा, सुरक्षा सेवा, विद्युत सेवा, सञ्चार सेवा, खानेपानी सेवालाई पनि निर्वाध सञ्चालन हुन दिने निषेधाज्ञाको सूचनामा उल्लेख छ। औषधी तथा औषधीजन्य पसल, खाद्यान्न, तरकारी, फलफूल पसल, दूध, डेरी पसल, पेट्रोल तथा ग्याँस डिपो बिहान छ देखि १० बजेसम्म र साँझ चार बजेदेखि सात बजेसम्म खुल्न दिने सूचनामा उल्लेख छ। 
  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.