पोखरीया नगरपालिकाका मेयरसहित ३३ मा कोरोना पुष्टि

पोखरीया नगरपालिकाका मेयरसहित ३३ मा कोरोना पुष्टि

वीरगन्ज : पर्साको पोखरीया नगरपालिका मेयरसहित ३३ जनामा संक्रमण पुष्टि भएको छ । 

काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पोखरीयाकाका नगर प्रमुख दिप नारायण रौनीयार मन्टु, उनका परिवारका सदस्य, स्वकीय सचिव, सवारी चालक सहित ३३ जनामा संक्रमण पुष्टि भएको नगरपालिकाकी उपप्रमुख सलमा खातुनले जानकारी दिइन् । 

उनका अनुसार साउन २६ गते पोखरीया नगरपालिकामा नगर प्रमुख रौनियारसहित ३४ जनाको स्वाब संकलन गरेर पीसीआर परीक्षणको लागि नारायणी अस्पतालले काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएको थियो । आइतबार साँझ ३४  मध्ये ३३ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको खातुनले बताइन् ।

संक्रमण पुष्टि हुनेमा पोखरीया नगरपालिका–४ का वडाध्यक्ष लक्ष्मण साह कानु, पोखरीया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर अनिल यादवसहित ३ चिकित्सक, दुई नर्समा पनि  रहेका छन् । 

यस्तै पोखरीयास्थित आकाश एफएममा कार्यरत एक पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.