६ चिकित्सकसहित १५३ जनामा कोरोना संक्रमण, पर्सामा संक्रमितको संख्या १४ सय ७४ पुग्यो

६ चिकित्सकसहित १५३ जनामा कोरोना संक्रमण, पर्सामा संक्रमितको संख्या १४ सय ७४ पुग्यो

वीरगन्ज : पर्सामा एकै दिन १ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशाला र काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सोमबार राती गरिएको परीक्षणमा पर्साका १ सय ५३ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी दिए ।

बयोधा अस्पतालमा मात्रै ३० जना संक्रमित

उनका अनुसार टेकुस्थित प्रयोगशालामा गरिएको परिक्षणमा वीरगन्जको नारायणी बयोधा अस्पतालका मात्रै डाक्टर, नर्स गरी ३० जनामा संक्रमण भेटिएको हो । बयोधा अस्पतालका ६ जना डाक्टर, ११ जना नर्स, १२ जना कर्मचारी र २ जना बिरामी गरी ३० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी दिए ।

यस्तै टेकुकै प्रयोगशालामा सोमबार राती गरिएको परीक्षणमा पर्साका अन्य ६८ जनामा संक्रमण पुष्टि भएको ठाकुरले जानकारी दिए । वीरगन्ज ११ श्रीपुर विद्यापिठ माविमा स्वाब दिएका मध्ये ५७ जना र त्रिजुद्ध माविमा स्वाब दिएका मध्ये ११ जना गरि ६८ जनामा संक्रमण पुष्टि भएको हो । 

यसैगरी वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा सोमबार राती गरिएको परीक्षणमा पनि पर्साकै ५५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निरीक्षक ठाकुरले जानकारी दिए । संक्रमण पुष्टि भएका ५५ जनामध्ये सबैभन्दा बढी पर्साको बहुदरमाइ नगरपालिकाका २५ जना रहेका छन् । बहुदरमाइ नगरपालिका ४ का मात्रै २० जना तथा वडा नम्बर ५ , ६ , ७ , ८ र ९ का १÷१ जना रहेका छन् ।

कन्ट्याक्ट ट्रेसिङका क्रममा गत साउन ३०  गते बहुदरमाई नगरपालिकाको स्वास्थ्य चौकीमा ७७ जनाको स्वाब संकलन गरिएका मध्ये २५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निरिक्षक ठाकुरले जानकारी दिए ।

यस्तै जिल्ला प्रहरी कार्यालय पर्साका ५ र वडा प्रहरी कार्यालय वीर्ताका २ गरी ७ जना प्रहरीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १० मूर्ती चोकका ८ जना, वीरगन्जको छपकैयका ६ जना , वीरगन्ज ४ वीर्ताका ३ जना , नेशनल मेडिकल कलेजका २ जना , वीरगन्ज ८ , ११ , १४ र १६ का १÷१ जनामा पनि संक्रमण पुष्टि भएको स्वास्थ्य निरिक्षक ठाकुरले जानकारी दिए ।  

सोमबार राति १५३ जनामा संक्रमण पुष्टि भएसँगै पर्सा जिल्लामा संक्रमितको संख्या १ हजार ४ सय ७४ पुगेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।साउन यता मात्रै पर्सामा १ हजार ३ सय १७ जनामा संक्रमण पुष्टि भएको हो । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.