वीरगन्जमा कोरोनाले थप २ जनाको मृत्यु

वीरगन्जमा कोरोनाले थप २ जनाको मृत्यु

वीरगन्ज : वीरगन्जमा कोरोना संक्रमणका कारण थप २ जनाको मृत्यु भएको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर ४ वीर्ताका ८४ वर्षीय पुरुष र वीरगन्ज १५ भिस्वाका ५७ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो। 

वीर्ताका ८४ वर्षीय पुरुषको गण्डक स्थित अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा मङगलबार राति साढे १० बजे मृत्यु भएको कोभिड अस्पतालका कोर्डिनेटर डाक्टर उदयनारायण सिंहले जानकारी दिए। निमोनियाले ग्रस्त ८४ वर्षीय ती बृद्धलाई साउन २७ गते गण्डक स्थित कोभिड अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। उपचारकै क्रममा उनको स्वाब संकलन गरी पीसीआर जाँच गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो। 
 

यस्तै वीरगन्ज १५ भिस्वाका ५७ वर्षीय पुरुषको भने नारायणी अस्पतालमा उपचारका क्रममा मङगलबार अपरान्ह साढे ३ बजे मृत्यु भएको हो। उपचारका क्रममा मङगलबार अपरान्ह साढे ३ बजे मृत्यु भएपछि उनको स्वाब संकलन गरी नारायणी अस्पतालकै प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो। 
नारायणी अस्पालको प्रयोगशालामा जिन एक्सपर्ट विधिबाट पीसीआर जाँच गर्दा नतिजा पोजिटिभ आएको जिल्ला प्रशासन कार्यालय पर्साका अधिकृत विनय श्रीवास्तवले जानकारी दिए।

नारायणी अस्पतालका वरिष्ठ डाक्टर निरज सिंहका अनुसार भवानी अस्पतालमा उपचार गराइरहेका ती पुरुषको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि वीरगन्जको नेशनल मेडिकल कलेजमा लगिएको थियो। मेडिकल कलेजले भर्ना नलिएपछि पुनः भवानी हस्पिटलमा फर्काएर उपचारपछि मङगलबार अपरान्ह नारायणी अस्पतालमा लगेर भर्ना गरिएको थियो। नारायणी अस्पतालमा पुर्‍याएको केही बेरमै उनको मृत्यु भएको थियो। 

योसँगै वीरगन्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३० पुगेको छ। साउनमा मात्रै २६ जनाको मृत्यु भएको हो। वीरगन्जमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएका २८ मध्ये पर्साका २२, बाराका ५ र रौतहटका २ जना रहेका छन्। जेठ ३१ गते वीरगन्जको घण्टाघरमा बेवारिसे मृत भेटिएका एक संक्रमित युवकको भने हालसम्म पहिचान खुल्न सकेको छैन। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.