स्याङ्जामा ड्युटीबाट फर्केर क्वारेन्टाइनमा बसेका १६ सशस्त्र प्रहरीलाई कोरोना संक्रमण

स्याङ्जामा ड्युटीबाट फर्केर क्वारेन्टाइनमा बसेका १६ सशस्त्र प्रहरीलाई कोरोना संक्रमण

पोखरा : स्याङ्जामा ड्युटी गरी फर्केर क्वारेन्टाइनमा बसेका १६ सशस्त्र प्रहरीमा कोरोना संक्रमण देखिएको छ। स्याङ्जा जिल्लामा ड्युटीमा खटिएका प्रहरीमा कोरोना संक्रमण देखिएपछि प्रदेश प्रहरी गण पोखरामा कार्यरत सशस्त्र प्रहरीको टोली ड्युटी गर्न स्याङजा गएका थिए। 

स्याङ्जाबाट फर्केर मालेपाटनस्थित कृषि तालिम केन्द्रको क्वारेन्टाइनमा बसेका उनीहरुको स्वाब परीक्षण गर्दा बुधबार कोरोना संक्रमण देखिएको पोखरा महानगरपालिकाका वरिष्ठ स्वास्थ्य अधिकृत हरिलाल आचार्यले जानकारी दिए।

२५ जना प्रहरी ड्युटीका लागि स्याङ्जा गएर पोखरा फर्केकामा १६ जनालाई कोरोना संक्रमण देखिएको हो। बागलुङका ८ जनामा पनि बुधबार कोरोना संक्रमण पुष्टि भएको छ। योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८ सय १२ पुगेको छ। ती मध्ये १५ सय ६९ जना निको भएर घर फर्केका छन्। ७ जनाको मृत्यु भएको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.