मध्यराती प्रहरी विटमा खोलो पस्यो

मध्यराती प्रहरी विटमा खोलो पस्यो

प्यूठान : प्यूठान नगरपालिका २ स्थित दाखाक्वाडीको अस्थायी प्रहरी विटमा मध्यराती खोलो पसेको छ । स्थानीय सिर्सेखोलाले प्रहरी बिटमा क्षति पुर्‍याएको इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) हरी बस्नेतले बताए ।

खोलाको भेल सिधैं भवनभित्र पसेको उनले बताए । राती साढे ११ बजे खोलो एक्‍कासी बढेर भवनभित्रै पसेको उनको भनाइ छ । त्यसपछि ड्यूटी सकिए पछिका प्रहरी पनि रातभर जाग्राम बसेको उनले बताए । खोला नजिकै निर्माण गरिएको अस्थायी प्रहरी विटको संरक्षणका लागि पटक -पटक खोलामा जाली लगाउन पहल गरेपनि नजिकैका छिमेकीको विरोधले गर्दा उक्त काम अघि बढ्न सकेको थिएन् ।

प्रहरी विटतर्फ जाली लगाउँदा आफूहरुको घरमा खोलो पस्ने भन्दै यसअघि जाली लगाउन स्थानीयले अवरोध गरेका थिए । दाखाक्वाडीमा डेढ वर्षअघि अस्थायी प्रहरी विट निर्माण गरिएको थियो । विटमा हाल सात जना प्रहरी कार्यरत छन् ।

अस्थायी प्रहरी विटलाई हालकै भवनदेखि नजिकै घर भाडामा लिएर व्यवस्थापन गर्ने तयारी भइरहेको प्यूठान नगरपालिका नगरप्रमुख अर्जुनकुमार कक्षपतीले जानकारी दिए । तारजाली लगाउनका लागि विनियोजन गरिएको ढाइ लाख रुपैयाँ स्थानीयबीच सहमती जुट्न नसक्दा खर्च नभएको समेत कक्षपतीले बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.