थप एकको मृत्यु : वीरगन्जमा मात्र कोरोनाले ३३ को ज्यान गयो

थप एकको मृत्यु : वीरगन्जमा मात्र कोरोनाले ३३ को ज्यान गयो

वीरगन्ज  : वीरगन्जमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण शुक्रबार फेरि १ जना जनाको मृत्यु भएको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १० रानीघाटका ४८ वर्षीय पुरुषको मृत्यु भएको हो।

गण्डक बहुअरीस्थित वीरगन्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा शुक्रबार दिउँसो सवा १ बजे ती संक्रमित पुरुषको मृत्यु भएको हो।

मुटु रोगी रहेका ति पुरुष साउन ३१ गते नारायणी अस्पतालको आइसीयूमा भर्ना भएका थिए। साउन ३२ गते उनमा कोरोना संक्रमणको पुष्टि भएको थियो।  पीसीआर रिपोर्ट पोजिटिभ देखिएपछि उनलाई नारायणी अस्पतालबाट वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा लगिएको थियो।

आइसीयूमा उपचाररत उनको स्वास्थ्यमा समस्या देखिएपछि भेन्टिलेटरमा राखिएको थियो। योसँगै वीरगन्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३३ पुगेको छ। साउनमा मात्रै २९ जनाको मृत्यु भएको छ । 

वीरगन्जमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएका ३३ मध्ये पर्साका २५, बाराका ५ र रौतहटका २ छन्। जेठ ३१ गते वीरगन्जको घण्टाघरमा मृत भेटिएका एक संक्रमित युवकको भने पहिचान खुलेको छैन। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.