वीरगन्जमा थप दुई कोरोना संक्रमितको मृत्यु

वीरगन्जमा थप दुई कोरोना संक्रमितको मृत्यु

वीरगन्ज : वीरगन्जमा कोरोना संक्रमणले थप दुई जनाको मृत्यु भएको छ। पर्साको बहुदरमाइ नगरपालिकाको डकैला बहुअरीका ६१ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको हो। 

गण्डक बहुअरीस्थित वीरगन्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा उनको बिहान ७ बजेर १० मिनेटमा मृत्यु भएको उपचारमा संलग्‍न चिकित्सकले जानकारी दिए। मुटु , दम र उच्च रक्तचापका बिरामी रहेका उनमा निमोनियाको पनि समस्या देखिएपछि साउन ३१ गते वीरगन्जको अलि अर्थो ट्रमा सेन्टरमा लगेर भर्ना गरिएको थियो।

भदौ ३ गते स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा भदौ ४ गते कोरोना संक्रमण पुष्टि भएपछि अलि अर्थो ट्रमा सेन्टरबाट उनलाई राति नै वीरगन्ज हेल्थ केयर कोभिड अस्पतालमा रिफर गरिएको थियो। कोभिड अस्पतालमा उपचारकै क्रममा शनिबार बिहान उनको मृत्यु भएको चिकित्सक डाक्टर दिपक कुशवाहाले जानकारी दिए।

यसअघि शुक्रबार राति पनि वीरगन्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमै अर्का एक संक्रमितको मृत्यु भएको छ। वीरगन्ज महानगरपालिका- २६ सुगौली गाँउका ५८ वर्षीय पुरुषको शुक्रबार राति ८ बजे मृत्यु भएको हो। 

मृगौला र मधुमेहका रोगी रहेका ती पुरुषमा खोकी र स्वास प्रश्वासमा समस्या भएपछि भदौ ४ गते वीरगन्जकै तराई हस्पिटलमा लगेर भर्ना गरिएको थियो। दुवै मृगौलाले काम गर्न छाडेपछि डायलासिसको तयारी गर्दा गर्दै अवस्था झन् गम्भीर भएपछि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा शुक्रबार राति ८ बजे उनको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय श्रीवास्तवले जानकारी दिए। 

योसँगै पर्सामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३५ पुगेको छ। साउन यतामा मात्रै ३१ जनाको मृत्यु भएको हो । वीरगन्जमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकामध्ये पर्साका २७, बाराका ५ र रौतहटका २ जना हुन्। जेठ ३१ गते वीरगन्जको घण्टाघरमा बेवारिसे मृत भेटिएका एक संक्रमित युवकको भने हालसम्म पहिचान खुल्न सकेको छैन। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.