वीरगन्जमा संक्रमित महिलाको मृत्यु
वीरगन्ज : वीरगन्जमा कोरोना संक्रमणका कारण थप १ महिलाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर ११ की ५६ वर्षीया संक्रमित महिलाको शनिबार बेलुकी मृत्यु भएको हो । गण्डक बहुअरीस्थित वीरगन्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा उनको बेलुकी ७ बजेर ३० मिनेटमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय श्रीवास्तवले जानकारी दिए ।
कोभिड अस्पतालको आइसियूमा साउन २४ गतेदेखि भर्ना गरिएकी ती महिलाको स्वास्थ्य अवस्थामा सुधार नआएपछि भेन्टिलेटरमा राखेर उपचार थालिएको डाक्टर दिपक कुशवाहाले जानकारी दिए ।
ज्वरोका साथै खोकी र श्वास प्रश्वासमासमेत समस्या भएपछि ती महिलाको साउन २२ गते स्वाब संकलन गरी नारायणी अस्पतालको प्रयोगशालामा परिक्षण गर्दा साउन २४ मा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि साउन २४ मै उनलाइ कोभिड अस्पतालको आइसीयूमामा भर्ना गरिएको थियो।
योसँगै वीरगन्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३६ पुगेको छ । साउन यतामा मात्रै ३२ जनाको मृत्यु भएको हो । वीरगन्जमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएका ३६ मध्ये पर्साका २८ , बाराका ५ र रौतहटका २ जना हुन् । जेठ ३१ गते वीरगन्जको घण्टाघरमा वेवारिसे मृत भेटिएका एक संक्रमित युवकको भने हालसम्म पहिचान खुल्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस !