वीरगन्जमा कोरोनाले फेरि १ महिलाको मृत्यु

वीरगन्जमा कोरोनाले फेरि १ महिलाको मृत्यु

वीरगन्ज : वीरगन्जमा आइतबार कोरोना संक्रमणका कारण थप १ महिलाको  मृत्यु भएको छ।

पर्साको बिन्दवासीनी गाउँपालिका ३ इटियाहीकी ७० वर्षीया वृद्धाको नारायणी अस्पतालमा आइतबार बिहान मृत्यु भएको हो।निमोनियाले ग्रस्त बनेकी महिलाको स्वास्थ्यमा समस्यामा आएपछि गत शुक्रबार दिउँसो परिवारले नारायणी अस्पतालमा भर्ना गरेका थिए। 

उपचारका क्रममा उनको स्वाब संकलन गरेर नारायणी अस्पतालकै प्रयोगशालामा शनिबार परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो। 

कोभिड अस्पतालमा बेड खाली नभएका कारण उनलाई नारायणी अस्पतालकै आइसीयूमा राखेर उपचार गरिरहेका बेला आइतबार बिहान ३ बजेर ४५ मिनेटमा उनको मृत्यु भएको अस्पतालका डा. उदय नारायण सिंहले जानकारी दिए। 

यसअघि शनिबार सँझ पनि वीरगन्जकै गण्डक बहुअरीस्थित वीरगन्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा वीरगन्ज ११ की ५६ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको थियो। 

योसँगै वीरगन्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३७ पुगेको छ। साउन यतामा मात्रै ३३ जनाको मृत्यु भएको छ । 

वीरगन्जमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएका ३७ मध्ये १ जनाको पहिचान खुलेको छैन।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.