कोभिड अस्पतालमा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि

कोभिड अस्पतालमा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि

वीरगन्ज : पर्सामा कोरोना संक्रमणका कारण थप १ जनाको मृत्यु भएको पुष्टि भएको छ। वीरगन्जको गण्डक स्थित अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा आइतबार राति मृत्यु भएका पर्साको जीराभवानी गाँउपालिका ४ सुपौलीका ६८ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको पुष्टि भएको हो। 

मृत्युपश्चात ती पुरुषको स्वाब संकलन गरी नारायणी अस्पतालको प्रयोगशालामा सोमबार राति परीक्षण गर्दा पीसीआर रिपोर्ट पोजिटिभ आएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ। मुटु रोगका बिरामी रहेका ती पुरुषमा निमोनिया भएपछि आइतबार वीरगन्जको तराई अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। उनको स्वास्थ्य झन जटिल भएपछि आइतबार राति साढे ९ बजे गण्डक स्थित कोभिड अस्पतालमा रिफर गरिएको थियो। 

कोभिड अस्पतालमै उपचारका क्रममा आइतबार राति सवा १० बजे उनको मृत्यु भएको हो। मृत्युपछि स्वाब संकलन गरी सोमबार राति परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसीयाले जानकारी दिए। योसँगै वीरगन्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३८ पुगेको छ। साउन यतामा मात्रै ३४ जनाको मृत्यु भएको हो। वीरगन्जमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएका ३८ मध्ये १ बेवारिसे युवक सहित पर्साका ३१ , बाराका ५ र रौतहटका २ जना हुन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.