साल्ट ट्रेडिङले आयात गरेको ५० हजार बोरा मल भिजेर नष्ट

साल्ट ट्रेडिङले आयात गरेको ५० हजार बोरा मल भिजेर नष्ट

वीरगन्ज : सरकारले अनुदानमा किसानलाई वितरण गर्नका लागि विदेशबाटबाट साल्ट ट्रेडिङ कर्पोरेसन मार्फत आयात गरेको ५० हजार डिएपी मल भिजेर नष्ट भएको छ। आपूर्तिकर्ता स्वीस सिंगापुरले आपूर्ति गरेको ५०  हजार बोरा डिएपी मल, भारतको कोलकत्ता बन्दरगाहबाट रेल मार्ग हुँदै वीरगन्ज स्थित सिर्सिया सुख्खा बन्दरगाह (ड्राईपोर्ट) यार्डमा शनिबार बेलुकी आइपुगेको हो।

भारतीय रेलबाट सुख्खा बन्दरगाहमा ल्याइएको ५० हजार बोरा डिएपी बलमध्ये करिब ४० हजार बोरा मल पानीले भिजेर बिग्रिएको अवस्थामा रहेको साल्ट ट्रेडिङ कर्पोरेसन वीरगन्जका प्रमुख आमोद लामिछानेले बताए। ४३ वटा बेगन (रेलको डिब्ब ) मा रहेको ५० हजार बोरा मल आइतबार अनलोड गरेर सुख्खा बन्दरगाहको गोदाममा राख्ने क्रममा भिजेको अवस्थामा पाइएको लामिछानले बताए।

'रेलको डिब्बाबाट मलको बोरा आइतबार अनलोड गरेर ड्राइपोर्टको गोदाममा राखिएको छ', उनले भने, ‘३५ सयदेखि ४ हजार भिजेको खबर पाएका छौँ।  

लामिछानेका अनुसार सिंगापुरबाट पानीजहाजबाट कोलकत्ता ल्याएर राखिएको मल त्यहीं भिजेको हो। एक डेढ महिना पहिले बंगालको खाडीमा आएको ‘अम्फन’आँधीका कारण कोलकत्ता बन्दरगाहमा उक्त डिएपी मल भिजेको हो। 

उनले भने, ‘बंगालको खाडीमा आएको ‘अम्फन’आँधीका कारणले मल भिजेको जानकारी पाएका छौं , यस विषयमा आपूर्तिकर्ता स्वीस सिंगापुरसँग पनि कुरा भइसकेको छ। हामीले नभिजेको फ्रेस मल मात्रै बुझने हो। भिजेको र खराब बोराको मल आपूर्तिकर्ताले नै व्यहोर्नु पर्छ।' नेपालले डलरमा एलसी (प्रतितपत्र) खोलेर ल्याउने भएकोले राष्ट्र बैंकको नियम अनुसार नेपालमा मालसामान आइपुगेको देखाउनुपर्ने हुन्छ। त्यसैले त्यसलाई बीचबाटोमा नै रोक्न मिलेन। नेपालमा आयात गर्न खोलिएको प्रतीत पत्र अनुसारको सामान नेपालमा आयात देखिएन भने फेरि मुद्रा अपचलन गर्‍यो भन्ने आरोप लाग्छ। त्यही भएर भिजेको डिएपी मल वीरगन्ज भित्र्याइएको हो। 

लामिछानेले मल एक महिना जति गोदाममा ल्याएर राख्ने र त्यसपछि त्यसको अवस्था कस्तो देखिन्छ हेरेर सद्धे बोरा मल मात्रै किसानलाई वितरणका लागि बजारमा पठाउने बताए। सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठले भने भिजेर बिग्रिएको मल कुनै पनि हालतमा भन्सार जाँचपास नगर्ने बताए। 
सैद्धान्तिक हिसाबले पनि आयात अयोग्य कुनै पनि मालवस्तुको भन्सार जाँचपास गर्न नमिल्ने प्रावधान रहेको भन्दै श्रेष्ठले भने, ‘पानीले भिजेर खराब भएको मल जाँचपास नगर्नु भन्ने निर्देशन भइसकेको छ।'

साल्ट ट्रेडिङले आयात गरेको डिएपी मल भिजेर बिग्रिएका कारण भन्सार जाँचपास नहुने भएकाले साल्ट ट्रेडिङ कर्पोरेसनलाई करोडौंको घाटा हुने देखिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.