कोरोना संक्रमितहरु नै रेडियो चलाउँदै

कोरोना संक्रमितहरु नै रेडियो चलाउँदै

वीरगन्ज : वीरगन्जस्थित सामुदायिक रेडियो नारायणी एफएमका रेडियोकर्मीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिए पनि उनीहरुले एफएम स्टेशनलाई नै आइसोलेसन बनाएर रेडियो प्रसारणलाई निरन्तरता दिएका छन् । 

नारायणी एफएमका अहिलेसम्म संचारकर्मी र कर्मचारी गरी ७ जना रेडियोकर्मी कोरोना संक्रमित भएका छन् ।  तीमध्ये स्टेसन प्रमुख क्रान्ति शाह भने साउन ३० गते कोरोनामुक्त भइ घरमै स्वास्थ्यलाभ लिइरहेका छन् ।

अरु ६ रेडियोकर्मी मध्ये १ जना प्राविधिक घरकै आइसोलेसनमा छन् । भदौ ६ गते संक्रमण पुष्टि भएका ५ जना रेडियोकर्मीले भने एफएम स्टेसनमै आइसोलेन बनाएर रेडियोको प्रशारणलाई निरन्तरता दिएका हुन् । 

रेडियोमा आफूसँगै काम गर्ने सहकर्मी संक्रमित भएपछि एफएममा कार्यरत अन्य ८ जना रेडियोकर्मी भने होम क्वारेन्टाइनमा छन् । एफएमका कार्यकारी अध्यक्ष गोविन्द देवकोटाका अनुसार, पछिल्लो पटक गत भदौ ४ गते रेडियोमा कार्यरत मध्ये ६ जनाले पीसीआर परिक्षण गराएका थिए । ती मध्ये ५ जनामा भदौ ६ गते संक्रमण पुष्टि भएको थियो । 

भदौ ६ गते संक्रमण पुष्टि भएपछि संक्रमित रेडियोकर्मीलाई स्थानीय प्रशासनले फोन गरेर कोभिड अस्पतालमा लैजाने तयारी गरेको थियो । तर उनीहरुले अहिलेको महामारीमा नागरिकलाई पलपलमा सूचनाको खाँचो रहेकाले रेडियोमै आइसोलेसन बनाएर बस्ने निर्णय गरेपछि रेडियोको प्रशारणलाई निरन्तरता दिएका हुन् । कार्यालयमा आइसोलेसनमा बसेका संक्रमित रेडियोकर्मी। 

कार्यकारी अध्यक्ष देवकोटाले भने,' ८ जना होम क्वारेन्टाइनमा छन्, ५ जना संक्रमित सहकर्मी कोभिड अस्पतालमा जाँदा रेडियो नै बन्द हुने स्थितिमा पुगेको थियो , तर संक्रमित सहकर्मीहरुले अहिलेको महामारीमा नागरिकलाई छिन् छिनमा सूचनाको जरुरी छ, हामी रेडियोमै आइसोलेसन बनाएर बस्छौं, रेडियो संचालन गर्छौ भन्नु भयो र उहाँहरुले नै रेडियो चलाइ रहनु भएको छ ।'

देवकोटाले भने,' होम क्वारेन्टाइनमा रहनु भएका स्टेशन प्रमुखले घरबाटै समाचार तयार पारेर रेडियोमा समाचार पठाउनु हुन्छ , रेडियोमा रहेका साथीहरुले समचार पढ्ने गर्नु हुन्छ । '

साउन २८ गते रेडियोका ५ जनाले पीसीआर परिक्षण गराउँदा थप एकजना प्राविधिकलाई संक्रमण देखिएको थियो भने अरु ४ जनाको रिपोर्ट नेगेटिभ आएका थियो । 
सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) का महासचिव समेत रहेका देवकोटाले भने, 'नेपालमा पहिलो पटक संक्रमितले रेडियोमा रहेर नागरिकलाई सूचना दिने काम गर्नुभएको छ, सामुदायिक रेडियोको मुल मर्म नै यहि हो, आफू जोखिममा रहेको अवस्थामा पनि संकटपूर्ण स्थितिमा रहेको समुदायलाई सूचना दिन बन्द गरिएन् ।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.