थप ३२ जना कोरोना पुष्टि : पर्सामा संक्रमितको संख्या १९ सय ७८ पुग्यो
वीरगन्ज : पर्सामा मंगलबार थप ३२ जनामा संक्रमण पुष्टि भएको छ। वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १० महिला र २२ पुरुष गरेर पर्साका ३२ जनामा संक्रमण पुष्टि भएको हो।
३२ जना मध्ये वीरगन्ज महानगरपाकिलकामा मात्रै १४ जनामा संक्रमण भेटिएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय श्रीवास्तवले जानकारी दिए। उनका अनुसार, वीरगन्ज महानगरपालिका-१२ का ३ जना, वडा नम्बर १४ का २ जना तथा वडा नम्बर ३, ४, ८, ९, १०, ११, १५, १६ र १७ का १/१ जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै कालिकामाई गाउँपालिका वडा नम्बर २ र ५ का गरेर १२ जना, जगरनाथपुर गाउँपालिकाको वडा नम्बर २, ३, ५ र ६ का गरेर ५ जना र जिराभवानी गाउँपालिका-४ का १ जनामा पनि संक्रमण पुष्टि भएको श्रीवास्तवले जानकारी दिए।
मङगलबार ३२ संक्रमित थपिएसँगै पर्सामा संक्रमितको संख्या १ हजार ९ सय ७८ पुगेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !