वीरगन्जमा बाराका दुई कोरोना संक्रमितको मृत्यु

वीरगन्जमा बाराका दुई कोरोना संक्रमितको मृत्यु

वीरगन्ज : वीरगंजको कोभिड अस्पतालमा थप दुई जना संक्रमितको मृत्यु भएको छ। गण्डक बहुअरीस्थित वीरगन्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमा मंगलबार राति बाराका दुई संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो। 

बाराको विश्रामपुर गाँउपालिका- १ छतवाका ४२ वर्षीय पुरुषको मंगलबार राति पौने ११ बजे मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसीयाले जानकारी दिए। उनका अनुसार छतवाका ४२ वर्षीय पुरुषलाई श्वासप्रश्वासमा समस्या देखिनुका साथै ज्वरोसमेत आएपछि मंगलबार पीसीआर जाँच गराउँदा कोरोना पोजिटिभ पुष्टि भएपछि दिउँसो वीरगंज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमा भर्ना भएका थिए।
 

यस्तै वीरगन्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमै ७ दिनदेखि उपचाररत बाराकै कलैया उपमहानगरपालिका-१ का ७० वर्षीय पुरुषको पनि मंगलबार राति मृत्यु भएको छ। श्वास प्रश्वासमा समस्या देखिएपछि भदौ २ गते पीसीआर परीक्षण गर्दा उनमा कोरोना पोजिटिभ देखिएपछि उनी त्यहिदिन वीरगन्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमा भर्ना भएका थिए। उपचारका क्रममा उनको मंगलबार राति ८ बजे मृत्यु भएको डाक्टर चौरसीयाले जानकारी दिए। 

यसअघि मंगलबार बिहान बाराकै दुई जना संक्रमित पुरुषको वीरगन्जको गण्डकस्थित अर्को कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।

वीरगन्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४२ पुगेको छ। साउन यतामा मात्रै ३८ जनाको मृत्यु भएको हो। वीरगन्जमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएका ४२ जनामध्ये १ बेवारिसे युवकसहित पर्साका ३१ जना, बाराका ९ जना र रौतहटका २ जना रहेका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.