कैलालीमा कोरोना संक्रमितको मृत्यु

कैलालीमा कोरोना संक्रमितको मृत्यु

धनगढी : कैलालीको गोदावरी नगरपालिकाका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार साँझ मात्रै कोरोना संक्रमण पुष्टि भएको गोदावरी नगरपालिका– ११ ओलानीका ४५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जानकारी दिएको छ ।

स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनको धनगढीको निसर्ग हस्पिटलको आइसीयूमा उपचार भइरहेको थियो । मंगलबार साँझ कोरोना पुष्टि भएपछि उनलाई निसर्ग हस्पिटलको आइसीयूबाट सेती प्रादेशिक अस्पतालमा सारिएको थियो ।

उपचारका क्रममा बुधबार बिहान सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको गोदावरी नगरपालिका स्वास्थ्य शाखाका प्रमुख बिरबहादुर कुँवरले पुष्टि गरेका हुन्। मृतक पुरुषको यसअघि ३ पटक कोरोना परीक्षण भइसकेको उनले बताए । सुरुमा साउन १९ गते नगरपालिकाले कोरोना परीक्षणका लागि स्बाव संकलन गरेको गरेपनि रिपोर्ट ढिलो आउँदा  धनगढीकै सेती प्रादेशिक अस्पतालमा परीक्षण गरिएको थियो ।

सुरुमा सेती प्रादेशिक अस्पतालवाट स्वाब संकलन गरी परीक्षण गर्दा नेगेटिभ आएको र पछि नगरपालिकाले संकलन गरेको स्वाबको परिक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको थियो । फेरी मंगलबार परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो । मृतक पुरुषको शव नेपाली सेनाले व्यवस्थापन गर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.